विभेद अन्त्य नभएसम्म देश विकास नहुने समलिंगी तेस्रोलिंगीको भनाई

विभेद अन्त्य नभएसम्म देश विकास नहुने समलिंगी तेस्रोलिंगीको भनाई

  • शुक्रबार, जेष्ठ १६ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.10557140144require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.10697205688include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

कञ्चनपुर (पहिचान) जेठ १६ -नील हिरा समाजको शाखा कार्यालय महेन्द्रनगरले मानव मानवबीच हुने विभेद अन्त्य नभएसम्म देशको विकास नहुने बताएको छ । समलिंगी तेस्रोलिंगी भएकै कारण विभेद र दुरव्यवहामा पर्नु विडम्वना भन्दै समाजको शाखा कार्यालय महेन्द्रनगरले विभेद र दुरव्यवहार अन्त्य नभएसम्म देशको विकास नहुने बताएको हो । नील हिरा समाजले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अधिवक्ता सुजन पन्तले पहिचान अनुसारको नागरिकता नदिने प्रमूख जिल्ला अधिकारी विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको जानकारी दिए ।
अहिले पनि पहिचान अनुसारको नागरिकता पाइएन भनेर दुख नमान्नुहोस् पन्तले भने, कानुनी लडाई हामीले जारी राखेका छौ । अधिवक्ता पन्तले राज्यको विभेदकारी व्यवहार विरुद्ध सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । पन्तले नोवेल शान्ति पुरस्कारको मनोनयनमा समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्त पन्तु नेपाल र नेपाली सबैका लागि गर्वको विषय भएको बताए । उनले अध्यागमन फारममा महिला, पुरुष र अन्य उल्लेख हुनु, समलिंगी तेस्रोलिंगीलाई पहिचान अनुसारको राहदानी दिने प्रक्रिया शुरु हुनु महत्वपूर्ण उपलव्धी भएको बताए । 20140530_155152
यति उपलव्धी हुँदा हुँदै पनि दुखको कुरा समलिंगी विवाहबारेको प्रतिवेदन ६ बर्ष वितिसक्दा पनि सार्वजनिक भएको छैन पन्तले भने, छिट्टै सार्वजनिक हुन्छ भनेको पनि तीन महिना वित्यो, छिटो भनेको कहिले हो बुझ्नु सकिएको छैन । पन्तले समलिंगी विवाहबारेको प्रतिवेदन सकारात्मक आउने विश्वास व्यक्त गरे ।
नील हिरा समाजका क्षेत्रिय कार्यक्रम संयोजक राजु लामाले अधिकार प्राप्तीको अभियानकै कारण यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको बताए । विभेद र दुरव्यवहार कम भएपनि अन्त्य भएको छैन लामाले भने, महिला पुरुष सरह समान अधिकार प्राप्त गर्ने अभियानलाई सहयोग गर्न पत्रकारहरुलाई आग्रह गर्दछु । शुरुवाती दिनमा सुदुरपश्चिममा अधिकार प्राप्तीको अभियान चलाउँदा केही कठिनाई व्यहोर्नु परेपनि अहिले धेरै सहज भएको लामाले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading