समलिंगी तेस्रोलिंगीलाई भूमिका विहिन बनाएर राखिदैन: एमाले अध्यक्ष खनाल

समलिंगी तेस्रोलिंगीलाई भूमिका विहिन बनाएर राखिदैन: एमाले अध्यक्ष खनाल

  • आइतबार, जेष्ठ १८ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09527142656require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09657208200include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) जेठ १८ – नेकपा एमालेले समलिंगी तेस्रोलिंगीको विषयमा पार्टी भित्र छलफल चलाउने भएको छ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका केही नेताबाट अधिकार प्राप्तीको लडाईमा रहेका समलिंगी तेस्रोलिंगीबारे गलत बुझाई रहेकाले पार्टी भित्र छलफल चलाउन लागेको एमालेले जनाएको छ । एमाले अध्यक्ष झलनाथ खनालले पार्टीका केही नेतामा समलिंगी तेस्रोलिंगीबारे केही भ्रम रहेको बताउँदै पार्टी भित्र छलफल चलाउने प्रतिवद्धता जनाएका हुन् । समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता पूर्व सभासद् सुनिलवावु पन्त, नील हिरा समाजकी अध्यक्ष संजिव गुरुङ पिंकी, समाजको दिवा कार्यक्रमका सहायक कार्यक्रम निर्देशक संजय शर्मा लगायतसँगको भेटमा अध्यक्ष खनालले समलिंगी तेस्रोलिंगीका लागि एमाले पार्टी अभिभावकनै भएको दोहोर्याए ।

विश्वमा समलिंगी तेस्रोलिंगीलाई महिला पुरुष सरह अधिकार दिनुपर्ने वताउने लेनिननै हुन् अध्यक्ष खनालले भने, एमालेले समलिंगी तेस्रोलिंगीलाई विभेद गर्दैन । लेनिन मानव मानवबीच विभेद र दुरव्यवहार हुनु हुदैन भन्थे । त्यसैले सोभियत संघ समलैगिंताको पक्षमा कानुन बनाउने विश्वमा पहिलो राष्ट्र भयो । यो त कसैबाट छिपेको कुरो होइन अध्यक्ष खनालले भने कुनै व्यक्तिमा गलत धारणा छ भने त्यो हटाउन म आफै पनि पहल गर्छु ।

पार्टी प्रवेश गराउने, साधारण सदस्य दिने तर पार्टीमा कुनै भूमिका नदिनाले समलिंगी तेस्रोलिंगीबारे एमालेको प्रष्ट धारणा बुझ्न सकिएन अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले भने, समानुपातिकमा तीन जनाको नाम सिफारिस गरेर अन्तिममा हटाउने र पार्टी भित्र जनवर्गिय संगठन गठन गर्ने विषय त आश्वासन मात्रै भयो नि ? अहिले त तपाईकै बरिष्ठ नेता मावधकुमार नेपाल समलिंगी तेस्रोलिंगीलाई अप्राकृतिक भन्दै हिड्नुहुन्छ रे ? पन्तले अध्यक्ष खनाललाई प्रश्न गरे, पार्टीको स्पष्ट धारणा के हो ? नील हिरा समाजको दिवा कार्यक्रमका सहायक कार्यक्रम निर्देशक संजय शर्माले थपे, नेकपा संयुक्तको केन्द्रीय सदस्य त्यागेर सुनिल दाईसँगै हामी एमाले आयौ तर कुनै स्थान छैन ।IMG_20140531_114520661

अरु दलकोमा जाँदा तपाईहरुको कुरा एमालेले बोलिदिन्छ भन्छन्, एमालेमा कुनै स्थाननै छैन, पन्तले भने, संविधानसभामा पुग्न एकसे एक समलिंगी तेस्रोलिंगी छन् । कम्तिमा एक जनालाई संविधानसभामा लैजान पार्टीले पहल गर्नु पर्छ । नेकपा संयुक्तमा पन्त र शर्मा केन्द्रीय सदस्य थिए । पन्त अघिल्लो संविधानसभामा नेकपा संयुक्तबाटै समानुपातितर्फको सभासद् बनेका थिए । जवाफमा एमाले अध्यक्ष खनालले समानुपातिकमै पार्नु पथ्र्यो, नाम पनि सिफारिस भएको हो तर पार्टीलाई एकता वद्ध गराउन शिर्ष नेताका पकेटका मान्छे पार्नु परेकाले समानुपातिको सूचिमा समलिंगी तेस्रोलिंगीलाई पार्न सकिएन भने ।

खनालले मन्त्रिपरिषदले मनोनित गर्ने २६ जनामा समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व गराउन पहल गर्ने बताए । उनले पार्टी नवौ महाधिबेशनमा विधानमै समलिंगी तेस्रोलिंगीको अधिकार, जनवर्गिय संगठन गठनको विषय राख्ने प्रतिवद्धता पनि जनाए । ढुक्क हुनुहोस, तपाईलाई भूमिका विहिन बनाएर राखिदैन एमाले अध्यक्ष खनालले भने, पार्टी भित्रका केही व्यक्तिको कुरालाई लिएर चित्त नदुखाउनुहोस् सिंङ्गो पार्टी समलिंगी तेस्रोलिंगीले अधिकार पाउनु पर्छ भन्नेमा एकमत छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading