निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नयाँ बन्ने संविधानमा अधिकार लेख्न दबाब दिनु पर्नेमा पन्तको जोड

नयाँ बन्ने संविधानमा अधिकार लेख्न दबाब दिनु पर्नेमा पन्तको जोड

636
SHARES

काठमाडौं (पहिचान) जेठ २६ -‘सन् २००१ मा नील हिरा समाज स्थापना हुँदा जम्मा चार लाख फण्ड आएको थियो । त्यो बेला एउटा कम्प्यूटरलाई ४ लाख जति पथ्र्यो ।’ पूर्वसभासद तथा नील हिरा समाजका संस्थापक सुनिलबाबु पन्तले भने, ‘त्यो समय डोनर ऐजेन्सिले हामीलाई एउटा सेकेण्ड हेण्ड कम्प्यूटर दिएको थियो । त्यसलाई पनि झण्डै डेढ दुई लाख जति पथ्र्यो । त्यो हराउँछ भनेर म अफिसमै सुत्थें ।’
समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले काभ्रेको धुलिखेलमा गरेको संस्थाको नीति तथा व्यवस्थापन संबन्धि तीन दिने तालिममा पूर्वसभासद पन्तले संमलिंगी तेस्रोलिंगीको अधिकार संविधान मै लेखिनु पर्नेमा जोड दिए ।
पन्तले संविधानले अधिकार सुनिश्चित नगरे राज्यले अपराधी घोषित गर्ने अवस्था आउने भन्दै त्यस्तो अवस्था आउन नदिन यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय सचेत हुनु पर्ने बताए । उनले कानुन मन्त्रालय, नेपाल बार एसोसिएसन्, संविधान र संसद सचिवालयलाई आफ्नो अधिकार संविधानमा लेख्न दबाब दिनु पर्नेमा जोड दिए ।
पन्तले भने, ‘संविधानमा हाम्रो अधिकार लेखिएन भने हामीलाई अपराधी घोषित गरिन्छ । यस्तो भएमा तपाई हाम्रो अधिकार त के संगठित हुन पनि पाउदैनौं । यस्तो भयो भने हाम्रो १४ वर्षको उपलब्धि पनि गुम्छ ।’

समाचार शेयर गर्नुहोस्
636
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.