साथी शिक्षकलाई तालिम

साथी शिक्षकलाई तालिम

  • मंगलबार, जेष्ठ २७ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0005619984{main}( ).../index.php:0
20.5030621840require( '/var/www/html/wp-blog-header.php ).../index.php:253
30.62318761528require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.62458786112include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) जेठ २७ -नील हिरा समाजको दिवा कार्यक्रमले देशभरका साथी शिक्षकहरुलाई तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीबारे समाजमा रहेको भ्रम हटाउन र समलिंगी तेस्रोलिंगीमा एचआइभी संक्रमण हुन नदिन जनचेतना जगाउँदै आएको साथी शिक्षकहरु दिवा कार्यक्रमले काठमाडौंमा तीन दिनको तालिम दिएको हो । देशका विभिन्न ठाउँबाट आएका साथी शिक्षकको तालिमा कार्यक्रममा नील हिरा समाजकी कार्यवाहक कार्यकारी निर्देशक मनिषा ढकालले समलिंगी तेस्रोलिंगी माथि हुँदै आएको विभेद र दुरव्यवहार कम गर्न सबैको सहयोग आवश्यक पर्ने बताइन ।

LGBTI 1यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी अध्यक्ष समेत रहेकी ढकालले अधिकार प्राप्तीको अभियानका क्रममा विपरितलिंगीले हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको बताइन । नील हिरा समाजले समलिंगी तेस्रोलिंगीको मानवअधिकार, शिक्षा, स्वास्थ्य, रोजगार, वृत्ति विकास, राजनीतिक, सामाजिक अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको ढकालको भनाई छ ।LGBTI 1

दिवा कार्यक्रममा सहायक निर्देशक संजय शर्माले अहिले पनि विपरितलिंगी सरह समान अधिकार पाउन संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए । समलिंगी तेस्रोलिंगीमा एचआइभीको संक्रमण दर धेरै रहेको वताउँदै सहायक निर्देशक शर्माले समाजमा रहेको भ्रम अन्त्य गरेर मान्छेले मान्छेलाई गर्ने व्यवहार परिवर्तन गराउनु तालिमको उद्धेश्य रहेको बताए ।
तालिममा सहभागी साथी शिक्षकहरुले एचआइभी संक्रमितलाई सेवा दिन जाँदा आफूहरु माथि अरु व्यक्तिले विभिन्न उपनाम प्रयोग गर्ने गरेको गुनासो गरेका थिए । हामी विभेद र दुरव्यवहार सहेरै यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीको यौनिक एवं लैगिंक पहिचानबारे जनचेतना जगाउँदै आएका छौ, साथी शिक्षकहरुले भने, घर, परिवार र गाउँ टोलमा पुग्दाँ अनेक लाञ्छनासँगै आक्रमणको जोखिमबाट समेत जोगिनु पर्छ । उनीहरुले पहिले भन्दा अहिले समलिंगी तेस्रोलिंगीमाथि हुर्ने दृष्टिकोण एवं गर्ने व्यवहारमा केही परिवर्तन आएको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading