समलिंगीलाई व्यूटिपार्लर तालिमका लागि ५० हजार प्रदान

समलिंगीलाई व्यूटिपार्लर तालिमका लागि ५० हजार प्रदान

  • बिहिबार, असार ५ २०७१

कैलाली /राज चौधरी (पहिचान) असार ५ -कैलालीको धनगढी नगरपालिकाले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियान चलाउँदै आएको नील हिरा समाजको शाखा कार्यालय सुदूरपश्चिम समाजलाई व्यूटिपार्लर तालिमका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ । महिलालाई आय आर्जन सिपमूलक तालिम दिन बजेट दिएको नगरपालिकाले जनाएको छ । सुदूरपश्चिम समाजले समलिंगी महिला र तेस्रोलिंगी महिलालाई आयआर्जन सीपमूलक तालिमको लागि बजेट विनियोजन गर्न नगरपालिकलाई आग्रह गरेको थियो ।

नगरपालिकाले ५० हजार रुपैयाँ बजेटमा २० जना समलिंगी महिला र तेस्रोलिंगी महिलालाई तालिम दिइने समाजकी उपाध्यक्ष करुणा अधिकारीले जानकारी दिइन । यसैबीच समलिंगी तेस्रोलिंगीको अधिकारका क्षेत्रमा कार्यरत इन्दे्रणी सृजनशिल समाज कैलालीले आर्थिक जागरण दैनिकका सम्पादक पदम साप्कोटालाई सम्मान गरेको छ । नील हिरा समाजको शाखा कार्यालय इन्द्रेणी सृजनशिल समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्दा पत्रकारिता मार्फत सबैमाझ पुर्याउन विशेष योगदान पु¥याएको भन्दै सम्पादक साप्कोटालाई सम्मान गरेको हो ।

समलिंगी तेस्रोलिंगीले भोगी रहेको समस्यालाई गम्भिर रुपमा लिएको हरेक ठाउ“मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका विषयमा सहयोग गरेको भन्दै सम्पादक पदम सापकोटलाई सम्मान गरिएको इन्द्रेणी सेजनशिल समाजले जनाएको छ । सापकोटलाई प्रमाण पत्र तथा दोसल्ला ओडाई सम्मान गरिएको इन्द्रेणी सृजानशिल समाजका संयोजक रामचन्द्र चौधरीले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading