समलिंगी तेस्रोलिंगीका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता

समलिंगी तेस्रोलिंगीका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता

  • बिहिबार, असार ५ २०७१

Call for budgetकैलाली (पहिचान) असार ५- जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका बरिष्ठ जनस्वास्थ्य प्रशासक जय बहादुर कार्कीले समलिङ्गी तेश्रोलिङ्गी समुदायको अधिकार प्राप्तीको अभियानमा सबैको सहयोग हुनुपर्ने बताएका छन् । अधिकार प्राप्तीका लागि लक्षित समुदाय मात्र बोलेर नहुने भन्दै कार्कीले सवै तह र सवै वर्गका व्यक्तिहरु लागेमा मात्र समलिंगी तेस्रोलिंगीले पाउन सहज हुने बताए । कार्कीले जिल्ला जनस्वास्थ्य कार्यालयले समलिंगी तेस्रोलिंगीका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । नील हिरा समाजको दिवा परियोजनाले धनगढीमा आयोजना गरेको क्षेत्रिय प्राविधिक कार्य समूहको बैठकमा बरिष्ठ जनस्वास्थ्य प्रशासक कार्कीले बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

बैठकमा सहभागी राष्ट्रिय मानव अधिकार आयोग, धनगढी नगरपालिका, जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, लगायत कैलाली जिल्लामा एचआई.भी क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समलिंगी तेस्रोलिंगी माथि समाजमा रहेको भ्रम हटाउन आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगी माथि समाजले हेर्ने दृष्टिकोण केही परिवर्तन भएपनि अन्त्य हुन नसकेको बताए ।20140619_084617

शर्माले विपरितलिंगी सरह समान अधिकार पाउनका लागि अझै संघर्ष जारी रहेको बताए । महिला र पुरुष भन्दा फरक हामी होइनौ, हामी पनि महिला पुरुष जस्तै मानवनै हौ शर्माले भने, हामी माथि किन विभेद भइरहन्छ ? समलिंगी तेस्रोलिंगी माथि हुने लाञ्छना, भेदभाव र दुरव्यवहार अन्त्यका लागि सबैको सहयोग आवश्यक रहेको शर्माको भनाई छ । समलिंगी तेस्रोलिंगीको शिक्षा, यौन स्वास्थ्य, एचआइभी एड्स, रोजगार एवं नयाँ संविधानमा अधिकार लेखाउन देशभरनै अभियान चलिरहेको शर्माले बताए ।

नील हिरा समाजका क्षेत्रिय कार्यक्रम संयोजक राजु लामा, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी क्षेत्रिय सचिव पार्वती रेग्मी लगायतले राज्यबाट कुनै पनि सेवा सुविधा नपाउनु दुखद भएको बताए । समलिंगी तेस्रोलिंगी अझै पनि घर, परिवार र समाजबाट बहिष्कृत हुनुपरेको छ, राज्य विभेदकारी कानुनी प्रावधान खारेज गर्दैन उनीहरुले भने, राज्य महिला र पुरुषको मात्र पेवा हो र ?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading