विभेदकारी व्यवस्था संसोधन गर्न आलटाल गरे देशव्यापी आन्दोलन गर्ने

विभेदकारी व्यवस्था संसोधन गर्न आलटाल गरे देशव्यापी आन्दोलन गर्ने

  • शनिबार, असार ७ २०७१

???????????????????????????????काठमाडौं (पहिचान) असार ७ -समलिंगी तेस्रोलिंगीले देवानी तथा फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था खारेज नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । समलिंगी सम्वन्धलाई गैरकानुनी गर्ने, महिला र पुरुषबीच मात्र बैवाहिक सम्वन्ध हुने जस्ता विभेदकारी व्यवस्था खारेज नभए देशव्यापी आन्दोन गर्ने चेतावनी दिएका हुन् । नील हिरा समाजको दिवा परियोजनाले एचआइभी संक्रमितको व्यवहार परिवर्तन, परामर्स पर्यवेक्षणबारे साथी शिक्षक र सामूदायिक कार्यकर्तालाई दिएको तीन दिने तालिम कार्यक्रममा सहभागीले राज्यको विभेदकारी व्यवस्थाका कारण घर, परिवार र समाज तथा घर, परिवार र समाजका कारण राज्यबाट दुरव्यवहार भोग्न बाध्य भएको बताए ।सर्वोच्च अदालतले समलिंगी तेस्रोलिंगी माथि विभेद हुने व्यवस्था रहेका कानुन संसोधन या खारेज गर्न भनेपनि राज्य संयन्त्रका रहेका केही व्यक्तिको गलत सोचका कारण दुरव्यवहार भोग्न बाध्य हुनु परेको उनीहरुको भनाई थियो । समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता, पूर्व सभासद् एवं नोवेल शान्ति पुरस्कारको मनोनयमा परेका सुनिलवावु पन्तले कानुन मन्त्रालयले व्यवस्थापिका संसदमा पेश गर्न लागेको देवानी तथा फौजदारी संहिता संसोधन गरेर मात्रै पेश गर्न कानुनमन्त्री नरहरी आचार्य, मन्त्रालयका सचिव, सहचिवको ध्यानाकर्षण गराइसकेका छन् । तर कानुन मन्त्रालयले विभेदकारी व्यवस्था संसोधन गर्न आलटाल गरेकाले देशव्यापी आन्दोलनको विकल्प नभएको तालिममा सहभागी समलिंगी तेस्रोलिंगीहरुको भनाई छ ।BCC1

सुर्खेत, बागलुङ, स्याङजा, कैलाली, काठमाडौं, ललितपुर लगायत जिल्लाका साथी शिक्षक र सामूदायिक कार्यकर्ता सहभागी तालिममा नील हिरा समाजकी कार्यकारी निर्देशक मोनिका झाले निर्धक्क आफ्ना कुरा राख्न सहभागीलाई आग्रह गरिन् । झाले समस्या नलुकाउन आग्रह गर्दै भनिन्, समस्या लुकाएर समाधान हुँदैन, समस्या उजागर गरेमात्र समाधान गर्न सहज हुन्छ । उनले तालिममा सिकेको ज्ञान आफूमा मात्र सिमित नगर्न पनि साथी शिक्षक र सामूदायिक कार्यकर्तालाई आग्रह गरिन् । नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले अघिल्लो संविधानसभामा समलिंगी तेस्रोलिंगी समूदायको प्रतिनिधित्व सुनिलवावु पन्तले गरेपनि अहिलेको संविधानसभामा एक जना पनि समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व नहुनु दुखद भएको वताए ।

Bcc2सुनिलवावु पन्तले हाम्रो अधिकार अघिल्लो संविधानसभाका विषयगत समितिका प्रतिवेदनमा लेखाउनु भएको थियो शर्माले भने, अहिलेको संविधानसभामा कसले लेखिदिन्छ ? उनले अघिल्लो संविधानसभामा सहमति भएका विषयको स्वामित्व ग्रहण गर्ने निर्णय भएकाले पन्तको पहलमा विषयगत समितिका प्रतिवेदनमा उल्लेख भएका समलिंगी तेस्रोलिंगीका अधिकार नयाँ बन्ने संविधानमा लेखिने आशा व्यक्त गरे । शर्माले त्यसका लागि निरन्तर खवरदारी गरिरहनु पर्ने बताए । सुदुरपश्चिम समाजकी अध्यक्ष मनोज शाही मोनिकाले अधिकार प्राप्तीको अभियानमा अगाडि बढेका पाइला जस्तो सुकै कठिन परिस्थितिमा पनि पछाडि नफर्कने वताइन् । उनले तालिममा सिकेको ज्ञानले समाजमा रहेको भ्रम अन्त्य गर्न जुट्ने बताइन ।

प्रशिक्षक प्रभा क्षेत्रीले एचआइभी संक्रमणको जोखिम महिला र पुरुष भन्दा समलिंगी तेस्रोलिंगीमा रहेकाले सुरक्षित यौन सम्पर्कका लागि सबैमा चेतना पुर्याउन साथी शिक्षक र सामूदायिक कार्यकर्तालाई आग्रह गरिन् । एचआइभी संक्रमितको व्यवहार परिवर्तन, परामर्स एवं पर्यवेक्षणबारे नील हिरा समाजको दिवा परियोजनाले यसअघि काठमाडौं, धरान र कैलालीमा तालिम दिइसकेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading