तेस्रोलिंगीलाई अन्य उल्लेख गरेर नागरिकता लिन समस्या नहुने गृहमन्त्रालयको दावी

तेस्रोलिंगीलाई अन्य उल्लेख गरेर नागरिकता लिन समस्या नहुने गृहमन्त्रालयको दावी

  • आइतबार, असार १५ २०७१


???????????????????????????????
काठमाडौं (पहिचान) असार १५ -गृहमन्त्रालयले समलिंगी तेस्रोलिंगीलाई पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता लिन समस्या नहुने दावी गरेको छ । मन्त्रालयले पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरिसकेकाले समलिंगी तेस्रोलिंगीलाई नागरिकता लिन समस्या नहुने दावी गरेको हो । निर्देशिका जारी गरी परिपत्र गरिसकेकाले समलिंगी तेस्रोलिंगीले पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता लिन कुनै समस्या नहुने गृहमन्त्रालयको नागरिता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका शाखा अधिकृत रामशुन्दर शर्माले पहिचान अनलाइनलाई बताए ।
समलिंगी तेस्रोलिंगीले नागरिकता लिनका लागि जन्म दर्ता, गाउँ विकास समितिसँगै समलिंगी तेस्रोलिंगीको संस्था नील हिरा समाजको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा गए सहज रुपमा नागरिकता पाउने शर्माले दावी गरे । समलिंगी तेस्रोलिंगीलाई राज्यले महिला पुरुष भन्दा फरक यौनिक पहिचान भएका व्यक्ति भएको स्वीकार गरिसकेकाले विभेद गर्न नहुने उनको भनाई छ ।
गृहमन्त्रालयले सहज रुपमा समलिंगी तस्रोलिंगीले नागरिकता लिन सक्ने दावी गरेपनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तेस्रोलिंगी आनिक रानालाई चिकित्सकको प्रमाणपत्र माग गरेपछि नील हिरा समाजले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको छ । विश्व स्वास्थ्य संगठनले समलिंगी तेस्रोलिंगीलाई प्राकृतिक भएको घोषणा गरिसक्दा पनि केही जिल्लाका प्रमूख जिल्ला अधिकारीको गलत सोचका कारण समलिंगी तेस्रोलिंगीले पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता लिन पाइरहेका छैनन् । IMG_20140629_121006446
गृहमन्त्रालयले पहिचान अनुसारको नागरिकता नदिने प्रमूख जिल्ला अधिकारीबारे मन्त्रालयमा उजुरी गर्न या कानुनी प्रक्रियामा जान सकिने स्पष्ट पारेको छ । यस्तै राष्ट्रिय परिचय पत्रमा समलिंगी तेस्रोलिंगीलाई अन्य उल्लेख गर्न सकिनेबारे सरकार सकारात्मक रहेको गृहमन्त्रालयले बताएको छ । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र शाखाले यसबारे अहिले अध्ययन भइरहेको र अन्य उल्लेख गरेर नागरिकता पाउन थालेकाले परिचय पत्र पनि अन्य उल्लेख गरेर दिनुपर्ने व्यवस्थाबारे छलफल हुने बताएको छ ।
महिला, पुरुष, समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी जन्मन्छु भनेर जन्मने होइनन्, प्राकृतिक रुपमै फरक फरक यौनिक तथा लैगिंक पहिचान लिएर जन्मने हुन् गृहमन्त्रालयको कानुन शाखाका सहसचिव धनराज ज्ञवालीले भने, म त व्यक्तिगत रुपमा व्यक्ति जन्मेपछि उसले आफ्नो पहिचान अनुसारको पहिचान पाउनु पर्छ भन्छु । ज्ञवालीले स्थानीय विकास मन्त्रालयको कानुन शाखामा हुँदा बाराका एक जना दुवै यौन अंग लिएर जन्मेका बालकलाई अन्तरलिंगी भनेर जन्मदर्ता गर्न मिल्ने सिफारिस गरेका थिए ।
ज्ञवालीलाई त्यतिवेला नील हिरा समाजका संस्थापक, पूर्व सभासद् एवं नोवेल शान्ति पुरस्कारको मनोनयनमा परेका सुनिलवावु पन्तले फोन गरेर धन्यवाद दिएका थिए । मलाई पन्तले धन्यवाद दिनुभयो, ज्ञवालीले भने व्यक्तिको आफ्नो यौनिक तथा लैगिंक पहिचान कायम गर्न कन्जुस्याई गर्नु हुँदैन भन्ने सोचको व्यक्ति हुँ । धन्यवाद पाउनका लागि महिले काम गरेको भ्रम नपरोस ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading