हर्मोन प्रयोगले तेस्रोलिंगीको शरीरमा पर्ने प्रभाव

हर्मोन प्रयोगले तेस्रोलिंगीको शरीरमा पर्ने प्रभाव

  • सोमबार, असार १६ २०७१

LGBTI 1बास्टियन टागो /काठमाडौं (पहिचान) असार १६ -FtM एफ टु एम भन्ने शब्दले महिलाबाट पुरुष बनेका तेस्रोलिंगिलाई जनाउँछ । यो शब्दले महिलाको शरीर लिएर जन्मेका तर पुरुषको रुपमा समाजले चिनेका साथीहरुलाई व्याख्या गर्छ । केही साथीहरुले आफुलाई पुरुष तेस्रोलिंगि भन्ने शव्दले सम्बोधन गरेको उचित ठान्छन् । परिवार र समाजबाट पहिचान पाउन समस्या हुने हुदा तेस्रोलिंगीहरुको जीवन निकै कष्टकर हुने गर्छ । बाहिरी शरीर  र भित्री सोच मेल नखाने हुदाँ विभिन्न अवस्थाहरुमा तेस्रोलिंंगीहरुलाई कठिनाई हुनसक्छ । महिला जस्तो देखिएपनि समाजले पुरुषलाई जस्तो व्यवहार गरिदिए हुन्थ्यो भन्ने सोच तेस्रोलिंगि पुरुषहरुमा हुन्छ । समाजबाट यस्तो व्यवहार पाउने एउटा उपाय हर्मोनको प्रयोग हुनसक्छ । जस्तैः टेस्टेस्टेरोन(Testosterone) हर्मोन।

एच.आर.टी.ले शरीरलाई अझ बढी मर्द देखाउन सहयोग गर्दछ । जसरी पुरुषहरुमा किशोरावश्थामा शारिरीक र मानसिक परिवर्तन आउँदछ, त्यसरी नै केही मात्रामा हर्मोन प्रयोग गर्ने पुरुष तेस्रोलिंगीहरुमा पनि यो परिवर्तन देखिन्छ । यस्ता परिवर्तनहरु मध्ये केही सधै रहिरहन्छन् भने केही हर्मोनको प्रयोग रोकेपछि हराएर जान्छन् । कसैकसैलाई डन्डीफोर आउने समस्या हुन सक्छ तर पछि हराउदै जान्छ ।

हर्मोनको प्रयोगपछि हुन सक्ने संभावित असर कम गर्न स्वास्थ्यकर्मीको सल्लाहअनुशार मात्र यसको प्रयोग गर्नुपर्छ । हर्मोनले शरीरमा  कस्तो काम गरिरहेको छ भन्ने कुरा थाहा पाउन सुरुका केही वर्षसम्म रगत जाँच गराउन अत्यन्त आवश्यक हुन्छ ।

पुरुष तेस्रोलिंगिहरुले प्रयोग गर्ने टेस्टेस्टेरोन हर्मोनको असर व्यक्ति–व्यक्ति अनुशार फरक पर्छ । उदाहरणका लागि कसैले] (250 ml. IM/Monthly -IM =इन्ट्रामस्कुलर –मांसपेशीभित्र लगाउने) लगाउने गर्छन् भने कसैले सोभन्दा कम मात्रामा हरेक हप्ता लगाउँछन् ।

हरेक व्यक्तिको शारिरीक  बनावट र प्रणालीहरु अन्य भन्दा फरक हुने हुँदा एच.आर.टी.को असर कुन

 व्यक्तिमा  कति हुन्छ भन्ने कुरा पहिला नै अनुमान लगाउन मुस्किल  हुन्छ । जस्तै– एउटा सानो बालकलाई हेरेर यो बालक पछि गएर बलियो र दाह्री जुगाँ प्रशस्त आउने हुन्छ भन्ने कुरा पहिला नै अनुमान गर्न मुस्किल  छ । यसका लागि उसको बुवा, मामा, दाजु, भाई आदिलाई हेर्नुपर्ने हुन्छ ।

एच.आर.टी. प्रयोग गरेपछि महिनावारी रोकिन्छ र तपाई प्रजनन् गर्न अयोग्य हुन सक्नु हुन्छ । केही पुरुष तेस्रोलिंगिहरुले बच्चा जन्माउनका लागि हर्मोनको प्रयोग रोकेको उदाहरण पनि कहिकहि सुनिने गर्छ ।

शरीरमा थुप्रै परिवर्तनहरु आउन सक्ने हुँदा हर्मोनको प्रयोग गर्नु अघि धेरै कुरामा विचार पुयाउन जरुरी हुन्छ । थुप्रै परिवर्तन आएता पनि हर्मोनले तपाई जे हुनुहुन्छ  त्यसबाट पुर्ण रुपमा अर्को लिंगमा परिवर्तन गर्दैन । यदि तपाईलाई माथि उल्लिखित विषयवस्तुमा अझ बढी जानकारी लिने इच्छा जागेमा YouTube मा थुप्रै पुरुष तेस्रोलिंगिहरुले हर्मोनको प्रयोग लगायतका विषयवस्तुमा गरेका कुराकानी सुन्न वा हेर्न सक्नुहुन्छ । कसैकसैले त तपाइको जिज्ञासाको समाधान गरी इमेल मार्फत प्रतिक्रिया दिन्छन् । यसका लागि YouTube  मा FtM 1 year on T टाइप गरेर search गर्नुहोस् तपाइले थुप्रै अंग्रेजी भाषाका भिडियोहरु हेर्न सक्नुहुन्छ । एच.आर.टी. नेपालमा पनि उपलब्ध हुनुपर्छ । यसका लागि निलहिरा समाज जानकार र सहयोगी डाक्टरहरुको खोजीमा निरन्तर लागिरहेको छ । तपाई पनि विभिन्न स्त्रीरोग विशेषज्ञ र इन्डोक्राइनोलोजिस्टसँग टेस्टेस्टेरोन हर्मोनको प्रयोगका लागि छलफल गर्न सक्नु हुन्छ ।LGBTI  2 LGBTI

लेखकः बास्टियन टागो पुरुष तेस्रोलिङ्गि हुन् । ३ वर्ष देखि टेस्टोस्टेरोन हर्मोन प्रयोगकर्ता, नर्स विद्यार्र्र्थी ,डेनमार्कका नागरिक हुन् ।

(email: [email protected])

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading