विभेदकारी व्यवस्था संसोधन लागि समलिंगी तेस्रोलिंगी संचारकर्मीले दवाव दिने

विभेदकारी व्यवस्था संसोधन लागि समलिंगी तेस्रोलिंगी संचारकर्मीले दवाव दिने

  • शुक्रबार, असार २० २०७१

???????????????????????????????कास्की (पहिचान) असार २० -समलिंगी तेस्रोलिंगी संचारकर्मीले देवानी तथा फौजदारी संहिता संसोधन गर्न संचारमाध्यमबाट सशक्त दवाव दिनुपर्ने निष्कर्ष निकालेका छन् । सरकारले संसदमा दर्ता गरेको देवानी तथा फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था संसोधन गर्न संचारमाध्यमबाट दवाव दिनुपर्ने निष्कर्ष समलिंगी तेस्रोलिंगी संचारकर्मीको छ । नील हिरा समाजले नर्वेजियन दूतावासको सहयोगमा पोखरामा गरेको दुई दिने रेडियो पत्रकारिता आधारभूत तालिममा सहभागी समलिंगी तेस्रोलिंगी संचारकर्मीले सामान्य अधिकारबाट समेत बञ्चित गराउने राज्यको प्रयास विरुद्ध सबै संचारकर्मीसँग सहकार्य गरेर दवाव दिने बताए ।

राज्यले गर्ने विभेदकारी व्यवस्थाका कारण घर, परिवार र समाजमा बस्न समेत कठिनाई भएको समलिंगी तेस्रोलिंगी संचारकर्मीको ठम्माई रहेको छ । उनीहरुले आउँदो आर्थिक बर्षको बजेटमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको सशक्तीकरणका लागि रकम छुट्ट्याउन सरकारसँग माग पनि गरेका छन् । आर्थिक बर्ष २०६४।०६५ मा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका लागि बजेट विनियोजन भएपनि त्यसयता सरकारले यो समूदायका लागि बजेट विनियोजन नगर्नु दुखद भएको बताए । उनीहरुले स्थानीय स्तरमा भने थोरै बजेट निकासा हुनु सकारात्मक रहेको बताए ।

जिल्ला विकास समिति, महिला विकास कार्यालयले यो समूदायका लागि थोरै बजेट विनियोजन गरेर सम्वोधन गरेको छ यो खुशीको कुरा हो, उनीहरुले भने, सरकारले संसदमा प्रस्तुत गर्ने बार्षिक बजेटमै यो समूदायका बजेट विनियोजन नहुनु पर्ने विडम्वना हो । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा यौनिक तथा लैगिंक अल्पसंख्यकको विषय उल्लेख नभएकोमा भन्दै बजेटमा पक्षपातपूर्ण व्यवहार नगर्न सरकारलाई आग्रह गरे ।???????????????????????????????

तालिम कार्यक्रममा नील हिरा समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परसुराम राईले देशव्यापी संचालन भइरहेको अधिकार प्राप्तीको अभियानलाई सशक्त बनाउन संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । राईले समलिंगी तेस्रोलिंगीको मानवअधिकार, शिक्षा, स्वास्थ्य, रोजगारमा विपरितलिंगी सरह समान अधिकार पाउन नसक्नु दुखद भएको बताउँदै घर, परिवारदेखि राज्यको आँखामा लागेको पट्टि खोलिदिन संचारकर्मीकै महत्वपूर्ण भूमिका हुने बताए । उनले स्थानीय स्तरमा रहेका समस्या केन्द्रसम्म ल्याउन र केन्द्रमा भएको उपलव्धी देशव्यापी बनाउने काममा सहयोग गर्न नील हिरा समाज प्रतिवद्ध रहेको बताए ।

तालिममा अधिवक्ता सुजन पन्तले देवानी तथा फौजदारी संहिता समलिंगी तेस्रोलिंगीलाई मानवको पहिचान दिनबाट समेत वञ्चित हुने गरी आएको बताए । पन्तले धर्म सन्तान राख्ने, पैतृक सम्पत्तीमा हक दावी गर्ने, समलिंगी विवाह, यौन सम्वन्धलाई गैर कानुनी बनाउने गरी आएको संहिता संसोधन गर्न दवाव दिनुपर्ने बताए । नील हिरा समाज वित्त अधिकृत ज्योती मल्लले समाजमा रहेको भ्रम अन्त्य गर्न सबैको सहयोग हुनुपर्नेमा जोड दिइन । प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माधव दुलालले पछाडि पारिएको समूदायलाई अधिकार विहिन बनाउन नहुने बताए । दुलालले सबै बर्ग, समूदाय अधिकारमा समान हुन पर्छ भनेर सरोकारवाला निकायलाई दवाव दिन समलिंगी तेस्रोलिंगीलाई सुझाव दिए ।

तालिममा काठमाडौंबाट विष्णु अधिकार, अम्विका दाहाल, हेटौडाबाट इन्दिरा न्यौपाने, सुरज थापा, जनकपुरबाट प्रदीप यादव, पोखराबाट विपना पनेरु, धनगढीबाट राज चौधरी र भैरहवाबाट विनोद विकको सहभागी दिए । उनीहरुले समलिंगी तेस्रोलिंगीको विषयमा कलम चलाउने संचारकर्मीमाथि पनि विभेद हुँदै आएको गुनासो गरेका थिए । तालिममा सहभागी समलिंगी तेस्रोलिंगी संचारकर्मीलाई प्राविधिक ज्ञान रेडियो सफलताका मधु अधिकारीले दिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading