राजनीतिक दलको नेतृत्व तहमा प्रतिनिधित्वका लागि दवाव

राजनीतिक दलको नेतृत्व तहमा प्रतिनिधित्वका लागि दवाव

  • शुक्रबार, असार २० २०७१

Uml dharnaबिष्णु अधिकारी /काठमाडौं (पहिचान) असार २० -समलिंगी तेस्रोलिंगीले राजनीतिक अधिकार प्राप्तीका लागि सशक्त अभियान शुरु गरेका छन् । चिल्ला र फुस्रा कुरामा भुलिदैन, सहभागी नगराई छोडिदैन भन्ने नाराका साथ समलिंगी तेस्रोलिंगीले आ आफ्नो राजनीतिक आस्था अनुसारका राजनीतिक दलको नेतृत्व तहमा प्रतिनिधित्वका लागि दवाव दिन शुरु गरेका हुन् । समलिंगी तेस्रोलिंगीले नेकपा एमालेको पार्टी कार्यालय बल्खुमा राजनीतिक दलको नेतृत्व तहमा प्रतिनिधित्वका लागि धर्ना दिएर दवाव दिएका हुन् । समलिंगी तेस्रोलिंगीलाई हाँसो र आश्वासन दिदाँ पुग्ने पात्रको रुपमा मात्र नहेर्न भन्दै समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले एमाले पार्टी कार्यालयमा धर्ना दिएको हो ।

IMG_5860समाजले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको नेतृत्व तहमा समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व हुनुपर्ने दवाव दिदै आएको अध्यक्ष पिंकी गुरुङले बताइन । आज एउटा दललाई मात्रै धर्ना दिएर दवाव दियो भन्नुहोला, कुरो त्यो होइन हामी सबै दलको नेतृत्व तहमा प्रतिनिधित्वका लागि सामूहिक दवाव दिदै आएका छौ । अध्यक्ष गुरुङ्गको नेतृत्वमा एमाले पार्टी कार्यालय बल्खुमा दिनभर समलिंगी तेस्रोलिंगीले धर्ना दिएर एमालेको नवौ महाधिबेशन प्रतिनिधिमा प्रतिनिधि बनाउन दवाव दिए । एमाले नेताहरुले पनि समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्वको अधिकार जायज भएको भन्दै आफूहरुले पनि दवाव दिने प्रतिवद्धता जनाएका छन् ।

एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, सचिव शंकर पोखरेल, विष्णु पौडेल लगायतका नेतासँग समलिंगी तेस्रोलिंगीलाई महाधिबेशन प्रतिनिधि बनाउन दवाव दिने बताएका छन् । नेताहरुले कुरो एउटा र काम अर्को गर्छन भन्ने भ्रमबाट मुक्त पार्न एमालेले पार्टीको महाधिबेवशनमा प्रतिनिधि गराउने आशा समलिंगी तेस्रोलिंगीले गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading