सेती बाढी पीडितलाई समलिंगी तेस्रोलिंगीको सहयोग

सेती बाढी पीडितलाई समलिंगी तेस्रोलिंगीको सहयोग

  • आइतबार, साउन ४ २०७१

Butwalगौरी नेपाली /काठमाडौं (पहिचान) साउन ४ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले बुटवलमा एक दिने क्षेत्रीय समन्वयात्मक भेला सम्पन्न गरेको छ । भेलामा महासंघमा आबद्ध पश्चिमाञ्चल विकास क्षेत्रका आठ वटा यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा उपस्थितहरुलाई महासंघकी कार्यक्रम संयोजक सिमरन शेरचनले पश्चिमाञ्चल विकास क्षेत्रमा रहेका आफ्ना समुदायमा आधारित सदस्य संस्थाहरुवीच कार्यशैली तथा अनुभव साटासाट र समन्वय वृद्धिका लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताइन ।
भेलामा सशक्तिकरण नेपालकी कार्यक्रम संयोजक पुष्पा लामाले संस्थामा स्थानीय आर्थिक सहयोग कसरी ल्याउन सकिन्छ भन्ने आफ्नो अनुभव तथा सिकाई सुनाइन । लामाले भनिन–सामाजिक संस्थाहरुको दिगोपनका लागि स्थानीय स्रोत परिचालनमा ध्यान दिनु निक्कै आवश्यक हुन्छ । यसैक्रममा विडिएस स्याङ्जाका शंकरले भने – यसका लागि हामीजस्ता सामाजिक क्षेत्रमा काम गर्ने सामाजिक कार्यकर्ताले नीति नियमहरुको अध्ययन तथा जानकारी पनि लिनुपर्छ । यसैक्रममा उनले संस्थामा स्थानीय आर्थिक श्रोत भित्रयाउन कसरी प्रकृयागत रुपमा लाग्नुपर्छ भन्ने जानकारी दिएका थिए ।
त्यस्तै नौलो विहानी पोखराका राजु थकालीले आफ्नो संस्थाले सेती बाढी पीडितको सहयोगका लागि टोल टोलमा व्यानरसहित सास्कृतिक कार्यक्रम गरी बाइस हजार रुपैया सहयोग गरेको र आफ्नो संस्थाले सुन्दरी प्रतियोगिता गर्नका लागि आर्थिक श्रोत नभएको अवस्थामा पोखराका ठुला ठुला पसलहरुमा रसिद काटी चन्दा सहयोग जुटाएर कार्यक्रम गरेको अनुभव सुनाए । यसरी संस्थाले चाहना राख्ने हो भने आर्थिक सहयोग गर्न पनि सक्ने र जुटाउन पनि सक्ने थकालीले बताए । त्यस्तै थकालीले नील हिरा समाज केन्द्रिय कार्यालयसंग मिलेर स्याङ्जा र कास्कीका छ सय शिक्षकहरुलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको वारेमा जनचेतनाका लागि शिक्षक प्रशिक्षण कार्यक्रम गरेपछि सरकारले समेत कक्षा ६, ७, र ८ को स्वास्थ्य तथा शारिरीक शिक्षा विषयमा समलिंगि तेस्रोलिंगिको विषय उल्लेख गरिदिनु नौलो विहानीका लागि धेरै ठुलो उपलब्धि भएको भन्दै अन्य संस्थाहरुलाई पनि यो उपलब्धि प्रेरणा हुन सक्ने बताए ।20140717_093811
पश्चिमाञ्चल विकास क्षेत्रीय कार्यक्रम संयोजक मनिला न्यौपानेले पश्चिमाञ्चलमा एच.आइ.भी.र एड्स संक्रमित समलिंगी तेस्रोलिंगीले एआरभी लिएरवीचमै छाड्ने समस्या व्यापक हुदै गएकाले यो समस्याका लागि सबैले आआफ्नो व्यक्तिगत तथा संस्थागत तर्फबाट सहयोग गर्नुपर्ने कुरा राखेका थिए । न्यौपानेले यस्तो समस्या गरिबी र लापरवाहीका कारणले भएकाले उनीहरुलाई आर्थिक उपार्जन बृद्धिका कार्यक्रम संस्थाले गर्न सक्यो भने यो समस्या हल हुनसक्ने पनि बताइन ।
भेलामा मनोसर्पोटिङ्ग म्यापल ग्रुप भैरहवा, भरोसा समाज बुटवल, केयर एण्ड सर्पोट रुपन्देही, सशक्तीकरण नेपाल नवलपरासी, नौलो विहानी पोखरा, परिवर्तन नेपाल पोखरा, सुनौलो किरण बाग्लुङ, विडिएस स्याङ्जा, मानव अधिकार समुह भैरहवाले आआफ्नो संस्थाको तर्फबाट प्रस्तुतिकरण भएको थियो । सबै सस्ंथाले आफ्नो प्रस्तुतिमा संस्थाले गरिरहेका कार्यक्रम, उपलब्धि, सिकाइ तथा समस्या चुनौतिहरु उल्लेख गरेका थिए । भेलामा अतिथिको रुपमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालका कार्यसमिति सदस्यहरु राजु थकाली र रोजिनाका साथै ओरेक नेपाल भैरहवा, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला एड्स समन्वय समितिका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । महासंघले आफ्ना सदस्यहरुको समन्वयका लागि समय समयमा यस किसिमको क्षेत्रीय कार्यक्रमहरु गर्दै आएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading