कार्यक्रम अवधि समाप्त भए पनि समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियान समाप्त नहुने

कार्यक्रम अवधि समाप्त भए पनि समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियान समाप्त नहुने

  • आइतबार, साउन ४ २०७१

rajराज चौधरी/कैलाली (पहिचान) साउन ४– श्रावणको सुरुवातसंगै सुदूरपश्चिम समाजले आफ्ना कर्मचारीहरुसग हरियो चुरा मेहेन्दी लगाउने कार्यक्रमको आयोजना गरी एकआपसमा माया र सद्भाव साटासाट गरेको छ । कार्यक्रममा सुदुर पश्चिमका क्षेत्रिय संयोजक राजु लामाले आफ्ना सबै कर्मचारीलाई हरियो चुरा र मेहेन्दी वितरण गरेका छन् । तेस्रोलिंगि महिलामाथिको विभेद अन्त्य भई उनीहरुको भावनाको कदर हुनुपर्ने सन्देशका साथ समाजले यो किसिमको कार्यक्रमको आयोजना गरेको जनाएको छ । नेपाली समाजमा श्रावण महिनाभर महिलाले मेहेन्दी र हरियो चुरा लगाउने परम्परा छ ।
कार्यक्रममा सुदुर पश्चिमका क्षेत्रिय संयोजक लामाले लुकेर बसेका समलिंगी तेस्रोलिंगीलाई आफ्नो यौनिकता र भावनामाथि गर्व गर्नुपर्ने बताए । मानिसले आफ्नो चाहना र इच्छामा जिउन पाउनुपर्ने भन्दै लामाले समलिंगी तेस्रोलिंगी माथि समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नका लागि आफुले आफ्नौ यौनिकतामाथि गर्व गरी खुलेर आउनुपर्नेमा जोड दिए । उनले महिला पुरुष सरह समान अधिकार प्राप्तिका लागि सम्पुर्ण यौनिक तथा लैगिक अल्पसंख्यकलाई अग्रसर हुन पनि आग्रह गरे ।Mehandi

त्यस्तै लामाले पुल फण्ड अन्तर्रगतका कार्यक्रमको सम्झौता आवधि समाप्त भएको हुदा कार्यक्रमलाइ सहज वातावरणमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबै कर्मचारीलाई धन्यवाद दिए । साथै कार्यक्रम अवधि समाप्त भए पनि समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियान समाप्त नहुने पनि उनले बताए ।

कार्यक्रममा सहभागी समलिंगी तेस्रोलिंगीले घरपरिवार, समाज र राज्यबाट भोगिरहेको विभेद तथा दुव्र्यवहारलाई अन्त्य गर्न र यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्दा अगाडी लैजानका निमित्त सधै एक जुट हुने प्रतिबद्धता जनाएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.