समलिंगी तेस्रोलिंगी माछा पालन ब्यवसायमा

समलिंगी तेस्रोलिंगी माछा पालन ब्यवसायमा

637
SHARES

???????????????????????????????सुमन तिमल्सिना/ विराटनगर (पहिचान) साउन ४– पहिले नटुवा (नाचगान गरेर गुजारा गर्ने) भनेर चिनिने समलिंगी तेश्रोलिंगीको जीवनचर्या हिजोआज फेरिने क्रममा छ । नाच्ने गाउने अनि त्यसैबाट पाएको रकमबाट गुजारा गर्ने उनीहरु अहिले बिभिन्न ब्यवसाय मार्फत समाज र परिवारमा घुलमिल हुन थालेका छन् । सुनसरीको मधेली गाविसमा पहिला करिब दुई सय जना नटुवा थिए, अहिले त्यो संख्या घट्ने क्रममा छ । बरु मधेली २ मा समलिंगी तेश्रोलिंगी युवाले माछापालन ब्यवसायबाट राम्रो आम्दानी गर्न थालेका छन् । माछापालन गर्न थालेपछि आम्दानी पनि भएको र समाजले हेर्ने दृष्टिकोण फेरिएको मधेली स्थानीय विमाकुमारी मगरले बताइन । ‘अहिले गाउँमा नटुवा पेसा गर्नेहरुको जीवनमा परिवर्तन आएको छ’ उनले भनिन ‘गाउँमा नाचेर कसैले दिएको २/४ रुपैयाँ भन्दा आफ्नै पौरखमा बाँच्ने भएका छन् ।’
लामो समय नटुवा पेशा गरेकी गगनी चौधरी पनि माछापालनमा लागेकी छन । पहिला नाच्दै हिड्दा सबैले हेप्ने बताउने गगनी भन्छिन ‘अहिले त घरमा नै माछा पालन र बंगुर पालन गर्दै आएको छु ।’
अहिले वडा नम्बर २ मात्र १० वटा भन्दा बढी माछा पोखरी छन् । समलिंगी श्रोलिंगीको पेसा माछा मार्ने अनि बेच्न लैजाने बनेको छ । कतिपयले समाजमा घुलमिल हुनको लागि नटुवा पेसा छाडेर खेतीपातीमा लागेका छन् भने कतिपय भने नाच्न नसक्ने भएपछि माछापालन, बाख्रापालन, तरकारी खेती, कुखुरा तथा बंगुरपालन गरी आयआर्जन तर्फ लागेका छन् ।1 pc
समलिंगी तेश्रोलिंगी समुदाय नटुवा पेशा छाडेर अरु ब्यवसायमा लागेकोमाखुशी लागेको नील हिरा समाज क्षेत्रीय कार्यालय इटहरीका कार्यक्रम संयोजक विनोट वाग्लेको भनाई छ । उनीहरुलाई समाजमा पुनर्स्थापना गराउन सरकारी निकायले पनि सहयोग गरेको छ । इटहरी नगरपालिकाका समलिंगी तेश्रोलिंगी तथा एचआइभी एड्स फोकल पर्सन प्रोक्षण पोखरेलले नगरपालिकाले उनीहरुलाई समाजमा पुनर्स्थापना गर्न सहयोग गरेको बताए । नगरपालिकाको निर्णयक तहमा समेत उनीहरुको सहभागिता हुने गरेको पोखरेलको भनाई छ । सुनसरीमा तीन हजार ५ सय समलिंगी तेश्रोलिंगी नीलहिरा समाजको सम्पर्कमा छन् ।
(यो खवर उज्यालो अनलाइनबाट साभार गरिएको हो )

समाचार शेयर गर्नुहोस्
637
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.