छोराछोरीको सट्टा सन्तान भन्ने शब्द लेख्न संसदमा प्रस्ताव

छोराछोरीको सट्टा सन्तान भन्ने शब्द लेख्न संसदमा प्रस्ताव

  • शुक्रबार, साउन १६ २०७१

???????????????????????????????काठमाडौं (पहिचान) साउन १६ -नेकपा एमाले सभासद् रत्नदेवी गुरुङले अव छोराछोरीको सट्टा सन्तान भन्ने शब्द लेख्न प्रस्ताव गरेकी छन् । उनले भनिन, ‘छोरा वा छोरी भनेर आफूलाई भन्न नचाहने पनि सन्तान जन्मन सक्छन्, उनीहरुको भावना समेट्न सन्तान शब्द प्रयोगमा ल्याउनु पर्छ ।’ सरकारका तर्फबाट कानुन मन्त्री नरहिर आचार्यले पेश गरेको ’लैगिक समानता कायम गर्न तथा लैगिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई शंसोधन गर्ने विधेयक’ २०७१ माथिको छलफलमा सभासद् गुरुङले पुरुष, नारी वा महिला र पुरुषमात्रले समाजका सबै लिङगको संबोधन नहुने भन्दै पुरुष महिलासँगै समलिंगी तेस्रोलिंगी वा यौनिक तथा लैगिंक अल्पसंख्यक भनेर पनि उल्लेख गर्नुपर्ने सुझाव दिइन ।
फोरम लोकतान्त्रिकका सभासद् डा. सुबोधकुमार पोखलेलले ऐन तथा नियम बनाउदा महिला र पुरुषलाई मात्र संबोधन गरेर नपुग्ने बताए । पोखरेलले प्राकृतिकरुपमै महिला वा पुरुष भन्दा फरक हुने यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समुदायलाई छुटाएर ऐनले स्थायित्व नपाउने बताए ।
उनले भने, ‘प्राकृतिकरुपमै महिलाका अंग र पुरुषको भावना लिएर जन्मने, पुरुषको शरिर र महिलाको जस्तो अंग भएको समुदाय पनि छ त्यो यौनिक तथा लैगिंक अल्पसंख्यक छ, त्यसलाई पनि ऐनमा संबोधन हुनु जरुरी छ ।’
महिला र पुरुष मात्र भन्दा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायलाई समेट्न नसकिने भन्दै सांसद् डा. पोखरेलले भने, ‘सबैलाई संबोधन गरे मात्र विद्यमान समस्या समाधान हुन सक्छन् । ’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading