देशभरका समलिंगी तेस्रोलिंगी गाइजात्रा महोत्सवका लागि काठमाडौंमा

देशभरका समलिंगी तेस्रोलिंगी गाइजात्रा महोत्सवका लागि काठमाडौंमा

  • आइतबार, साउन २५ २०७१

???????????????????????????????काठमाडौं (पहिचान) साउन २५ नील हिरा समाजले मेरो देश, मेरो संविधान, मेरो अधिकार, मेरो पहिचान ः मेरो गौरव भन्ने नाराका साथ भोली सोमवार गाईजात्रा महोत्सव हुँदैछ । गाईजात्रा महोत्सवमा सहभागी हुन देशभरका समलिंगी तेस्रोलिंगी काठमाडौं आइसकेका छन् । समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले गाईजात्रा महोत्सवको तयारी पूरा भएको र देशभरबाट झण्डै ६ सय जना समलिंगी तेस्रोलिंगी गाईजात्रा महोत्सवमा सहभागी हुन काठमाडौं आइसकेको जनाएको छ । समलिंगी तेस्रोलिंगी भएकोमा आफूले आफैलाई गर्व गर्छौ भन्ने सन्देश दिदै समाजले हरेक बर्ष गाईजात्रा महोत्सव मनाउँदै आएको समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन ।

गाईजात्रा महोत्सव लुकेर बसेका व्यक्ति खुलेर आउने अवसर हो अध्यक्ष गुरुङले भनिन, एक्ला एक्लै होइन अधिकार प्राप्तीको अभियान सामूहिक रुपमा सफल बनाउन गाईजात्रा महोत्सव सफल हुने विश्वास छ । समलिंगी तेस्रोलिंगीमा रहेको एकताकै कारण पहिले भन्दा अहिले विभेद, दुरव्यवहार कम भएको अध्यक्ष गुरुङको भनाई छ । गएको बर्ष समाजले काठमाडौंमै हामी एक नागरिक, हाम्रो एक भोट संविधान सभामा हाम्रो प्रतिनिधित्वको खास महत्व छ भन्ने नाराका साथ मनाएको थियो । विभिन्न हिंसामा परेर मारिएका समलिंगी तेस्रोलिंगीको आत्माको चिरशान्तिको कामनासँगै संविधानसभामा समूदायको प्रतिनिधित्व नभएको अवस्थामा कानुनी अधिकार प्राप्तीका लागि गाईजात्रा महोत्सवमा सहभागी समलिंगी तेस्रोलिंगीले दवाव दिनेछन् ।10533693_721374907918932_5593554484361007290_n

विभिन्न दुर्घटना र एचआइभी संक्रमित भएर मृत्यु भएका समलिंगी तेस्रोलिंगीको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको बसन्तपुरमा मैनवत्ती बाल्ने समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परसु राईले जानकारी दिए । गाईजात्रा मृत्युसँग जोडिएर मनाइने पर्व भएपनि बाचेकाहरुले राम्रो सँग जीवन जीउन पाउनु पर्छ भनेर समलिंगी तेस्रोलिंगीलाई हौसला प्रदान गर्न गाईजात्रा महोत्सव मनाउँदै आएको समाजकी अध्यक्ष गुरुङले बताइन । अरु दिन खुल्न नसक्नेहरु गाईजात्राको दिन आफूजस्तै साथीसँग आफ्नो चाहना अनुसारको भेषभुषामा खुल्ने गर्दछन् । नील हिरा समाजले हरेक बर्ष फरक फरक मुद्धा उठाउँदै गाईजात्रा महोत्सव मनाउँदै आएको छ ।10480152_721374297918993_1875383250235946996_n

यो बर्षको गाईजात्रा महोत्सव समलिंगी तेस्रोलिंगी मैत्री संविधान, देवानी तथा फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था संसोधन या खारेजका लागि दवाव दिन केन्द्रीत रहने नील हिरा समाजले जनाएको छ । भोली सोमबार काठमाडौंको लैनचौर पूरानो संचयकोष भवन अगाडिबाट शुरु भएर काठमाडौंका विभिन्न ठाउँको परिक्रमा गरी फेरी लैनचौरमै पुगेर सकिने छ । यो बर्षको गाईजात्रा महोत्सव सफल होस भनेर समलिंगी तेस्रोलिंगी समूदायको अधिकार प्राप्तीका अभियन्ता एवं नोवेल शान्ति पुरस्कारको मनोनयनमा परेका सुनिलवावु पन्तले शुभकामना दिएका छन् ।

 Invitation for 5th international Pride Festival (GaiJatra)

Dear Sir/Madam,

 “The festival of “Gai Jatra” is one of the oldest and notable of the many festivals celebrated by the Hindus/Buddhists of Kathmandu Valley.Falling on the day after JanaiPurnima, the full moon day of August, Gai Jatra is a day for remembering those who have died in the previous year.  In addition to praying for their departed loved ones, family and friends of the deceased commemorate them in great processions, which wind their way through the streets of the ancient Newar towns of Bhaktapur, Patan, Kathmandu, Pokhara, Bharatpur, Bandipur, Gorkha, Dhulikhel, etc.”

This annual festival has become one of BDS’s premier events and draws crowds of local supporters as well as tourists, to join in on the fun and enjoyment of the festivities.

Therefore, to mark the occasion and to bring wider community in the limelight, this time the organization is celebrating 5th  International  Pride Festival (Gaijatra) on August 11, 2014 in Kathmandu, Nepal with the theme

“My country, My constitution, My rights,

 My identity: My Pride!”

(मेरो देश, मेरो संबिधान, मेरो अधिकार, मेरो पहिचान: मेरो गौरव!)”

We are assured that you will join us at this grand event and show your full support by standing in solidarity with us during the candle lit memorial. The program is scheduled at 1 PM. Onwards

 Your presence will be highly appreciated.

Thank you

Sincerely yours

———————

Pinkey Gurung

President

  Please find the Schedule of the event:

12: 30: Gathering of participants at SanchaKoshBhawan, Thamel

12: 50: Raise of the rainbow flags by dignitaries

1:00: Procession of the rally towards ThamelChowk, NarshingChowk,  Thaithi,  Bangamuda, Ason,

Indrachowk, Hanuman Dhoka (Candle light ceremony for remembering those who have deceased  last year  )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading