मैत्रीपूर्ण म्याराथनमा समलिंगी तेस्रोलिंगी युवाको सहभागिता

मैत्रीपूर्ण म्याराथनमा समलिंगी तेस्रोलिंगी युवाको सहभागिता

  • सोमबार, साउन २६ २०७१

IMG_20140811_083210030काठमाडौं (पहिचान) साउन २६ – अन्तराष्ट्रिय युवा दिवसका अवसरमा भएको मैत्रीपूर्ण म्याराथनमा समलिंगी तेस्रोलिंगी युवाले सहभागिता जनाएका छन् । विभिन्न युवा संगठनले युवा दिवसका अवसरमा आयोजना गरेको मैत्रीपूर्ण म्याराथन प्रतियोगितामा समलिंगी तेस्रोलिंगी युवाले सहभागिता जनाएका हुन् । प्रतियोगितामा यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी मञ्च सह आयोजक थियो ।
IMG_20140811_083246293युवा महासंघ, युवा संजाल सहित १० दलका युवा संगठनलाई सह आयोजक बनाइएको प्रतियोगिताका लागि मञ्च पनि सह आयोजक बनेको थियो । यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ति शाहले अन्य युवा संगठन सरह यौंनिक तथा लैंगिक अल्संख्यक विद्यार्थी मञ्चलाई पनि समेटेकोमा खुसी व्यक्त गरे ।
शाहले मैत्रीपूर्ण म्याराथनमा सहभागी भएकोमा खुशी लागेको भने, ‘यसले म मात्र नभएर समग्र समलिंगी तेस्रोलिंगीलाई हौस्याएको छ ।’ भृकुटीमण्डबाट शुरु भएको म्याराथन बसन्तपुरमा पुगेर सकिएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.