समलिंगी तेस्रोलिंगीको गाइजात्रा महोत्सव, अधिकार विहिन नबनाउन माग

समलिंगी तेस्रोलिंगीको गाइजात्रा महोत्सव, अधिकार विहिन नबनाउन माग

  • सोमबार, साउन २६ २०७१

???????????????????????????????काठमाडौं (पहिचान) साउन २६- हरेक बर्ष जस्तै यो बर्ष पनि यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायका सदस्यले भव्यताका साथ गाईजात्रा महोत्सव मनाएका छन् । आफ्नो इच्छा चाहना र पहिचान अनुसारको भेषभुषामा खुल्न पाइने अवसरको रुपमा लिदै समलिंगी तेस्रोलिंगीले गाईजात्रा महोत्सव मनाउँदै आएका छन् । देशभरबाट काठमाडौंमा भेला भएका समलिंगी तेस्रोलिंगीले बाजागाजाका साथ विभिन्न सास्कृतिक झाँकी सहित गाइजात्रा महोत्सव मनाएका हुन् । काठमाडौंको ठमेलबाट शुरु भएको झाँकी सहितको र्याली बसन्तपुरमा पुगेर समापन भएको थियो ।
IMG_20140811_125902390र्यालीमा क्षेत्रगत रुपमा काठमाडौं, पोखरा, हेटौडा, चितवन, नेपालगंज, जनकपुर, भैरहवा, धनगढी लगायत विभिन्न ठाउँका समलिंगी तेस्रोलिंगी सहभागी थिए । सहभागीहरुले समलिंगी तेस्रोलिंगी मैत्री नयाँ संविधान बन्नुपर्ने, प्रस्तावित देवानी तथा फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था खारेज गर्नुपर्ने, संविधानसभामा अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने, वातावरण दुषित नबनाऔ लगायतका माग लेखिएका प्लेकार्ड बोकेका थिए । विभिन्न घटनामा मारिएका समलिंगी तेस्रोलिंगीको चिरशान्तिको कामना गर्दै नील हिरा IMG_20140811_125847754समाजकी अध्यक्ष पिंकी गुरुङ नेतृत्वमा काठमाडौंको बसन्तपुरमा मैन वत्ती बालिएको थियो ।
नील हिरा समाजले विगत १२ बर्षदेखि हरेक बर्ष एक दिन गाइजात्राको दिन दिवंगत साथीको चिरशान्तिको कामना गर्दै मैनबत्ती बाल्ने र लुकेर बसेका समलिंगी तेस्रोलिंगीलाई खुल्ने उपयुक्त अवसरको रुपमा गाइजात्रालाई महोत्सवकै रुपमा मनाउदै आएको जनाएको छ । यो बर्ष समाजले मेरो देश, मेरो संविधान, मेरो अधिकार, मेरो पहिचान ः मेरो गौरव भन्ने नाराका साथ गाईजात्रा महोत्सव मनाएको हो । समलिंगी तेस्रोलिंगी भएकोमा आफूले आफैलाई गर्व गर्छौ भन्ने सन्देश दिदै हरेक बर्ष गाईजात्रा महोत्सव मनाउँदै आएको समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन । IMG_20140811_131214996

गाईजात्रा महोत्सव लुकेर बसेका व्यक्ति खुलेर आउने अवसर हो, अध्यक्ष गुरुङले भनिन्, समलिंगी तेस्रोलिंगीमा रहेको एकताकै कारण समलिंगी तेस्रोलिंगी माथि पहिले भन्दा अहिले विभेद, दुरव्यवहार र हिंसा केही कम भएको छ । उनले धार्मिक, सास्कृतिक रुपमा समलिंगी तेस्रोलिंगीलाई अधिकार दिदै आएपनि राज्य, समाज र परिवारले अधिकार विहिन बनाइरहेको बताइन । अध्यक्ष गुरुङले शुरुको बर्ष ४९ जना भेला भएर मनाइएको गाईजात्रा महोत्सवमा अहिले हजारौ समलिंगी तेस्रोलिंगीको सहभागिता हुनुलाई कमजोरी नठान्न राज्यलाई चुनौती दिइन । सधै अधिकार विहिन बनाइरहन मिल्दैन, अध्यक्ष गुरुङले भनिन, लुकेर बसेका हजारौ समलिंगी तेस्रोलिंगीलाई खुलेर आउने वातावरण राज्यले बनाउनु पर्छ । उनले प्रस्तावित देवानी तथा फौजदारी संहितामा रहेको विभेदकारी व्यवस्था खारेज हुनुपर्ने माग पनि गरिन ।
IMG_20140811_125800730नील हिरा समाजले गएको बर्ष काठमाडौंमै हामी एक नागरिक, हाम्रो एक भोट संविधान सभामा हाम्रो प्रतिनिधित्वको खास महत्व छ भन्ने नाराका साथ गाइजात्रा महोत्सव मनाएको थियो । समाजले गाईजात्रा महोत्सवको सुत्रपातको रुपमा समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता पूर्व सभासद् एवं नोवेल शान्ति पुरस्कारको मनोनयमा परेका सुनिलवावु पन्तलाई भुल्न नसक्ने भन्दै पन्तको अभाव विना यो बर्षको गाइजात्रा महोत्सव खल्लो कसैलाई लागेको भए क्षमा पार्थी छौ भनेको छ । हाल नेपाल बाहिर रहेका पन्तले इमेल मार्फत गाईजात्रा महोत्सव सफलताका साथ सम्पन्न भएकोमा नील हिरा समाज परिवार सबैलाई बधाई दिएका छन् ।  नील हिरा समाजकी उपकार्यकारी निर्देशक मनिषा ढकालले समलिंगी तेस्रोलिंगीलाई अव पनि अधिकार विहिन बनाउन खोजे मौन नबस्ने संकेतको रुपमा गाईजात्रा महोत्सवलाई लिन सरोकारवाला निकायलाई सुझाव दिइन । अरु दिन खुल्न नसक्नेहरु गाईजात्राको दिन आफूजस्तै साथीसँग आफ्नो चाहना अनुसारको भेषभुषामा खुल्ने गरेकाले गाइजात्रालाई महोत्सवकै रुपमा मनाउँदै आएको समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परशु राईले बताए । IMG_20140811_130211042
गाइजात्रा महोत्सवको अवसरमा बसन्तपुरमा मैनबत्ती बालेपछि नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले दिएको मन्तव्य ः
१२ बर्ष अगाडि नील हिरा समाजले गाइजात्रा पर्व मनाउँदा ४९ जनाको सहभागिता थियो । थोरैले मात्रै सोचेका थिए होला, आजसम्म आइपुग्दा हजारौको संख्यामा समलिंगी तेस्रोलिंगी खुलेर गाईजात्रा पर्वमा सहभागी हुन्छन भनेर । आफ्नो अधिकारका लागि मौन रहनु भनेको मृत्यु सरह हो र आफ्नो पहिचान लुकाएर बस्नु भनेको आत्मा मरेको जिउँदो लाश जस्तो हो । त्यसैले हामी सम्पूर्ण तेस्रोलिंगी तथा समलिंगीहरु खुलेर समाजमा सघर्ष गरेर अगाडि आउनु पर्दछ ।

IMG_20140811_140338912नेपालको विभिन्न धार्मिक, साँस्कृतिक र सामाजिक पर्वहरुले तेस्रोलिंगीलाई समेटेर आएको छ र हामीलाई लाग्छ हाम्रो पूर्वजहरुले तेस्रोलिंगीहरुका लागि यो पर्वको शुरुवात पनि गरेका हुन । तर जसरी नेपालको धार्मिक, साँस्कृतिक र सामाजिक पर्वहरुले समलिंगी तेस्रोलिंगीहरुलाई समेटेको छ त्यसरी नै नेपालको कानुन र सविधानले हाम्रो अधिकार पहिचान र अवसरलाई पनि सुनिश्चित गर्नु पर्दछ ।

तेस्रोलिंगी समलिंगीलाई घर परिवारले मरेको लाश पनि उठाउन नदिएको अवस्थामा त्यस्तो तिरष्कारलाई संवोधन गरेर अभिभावकको भूमिका निर्वाह गर्दै नील हिरा समाजले विगत १२ बर्षदेखि गाईजात्रा पर्व मनाउँदै आएको छ । सरकारले प्रस्तावित देवानी तथा फौजदारी संहिता मार्फत हामी समलिंगी तस्रोलिंगीलाई अपराधी बनाउने प्रयास गरिरहेकोमा हामी दुखी एवं चिन्तित छौ । जसरी नेपालको धार्मिक, साँस्कृतिक र सामाजिक पर्वहरुले हामी समलिंगी तेस्रोलिंगीहरुलाई समेटेको छ त्यसरी नै नेपालमा बनिने हरेक कानुन र संविधानले हाम्रो हक अधिकार सुनिश्चित गर्नु पर्दछ भन्ने हाम्रो माग रहेको छ ।IMG_20140811_131954833

तेस्रोलिंगी भएर जन्मिनु, समलिंगी भएर जन्मिनु के अपराध हो ? कसरी हामी अप्राकृतिक भयौ ? के हामीलाई माया गर्ने अधिकार छैन ? त्यसैले यि प्रश्नहरु नेपाल सरकारलाई र नेपालका ठूला राजनीतिक दलहरुलाई राख्दै सम्पूर्ण यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तथा तेस्रोलिंगीहरुलाई भविष्यको कानुन र संविधानमा हाम्रो हक अधिकार सुनिश्चित हुने गरी संविधान लेखियोस भन्ने हाम्रो माग छ ।

IMG_20140811_135125436देशभरबाट समलिंगी तेस्रोलिंगी गाईजात्रा पर्वमा सहभागी हुनु भयो र हामीले हाम्रो अधिकारका साथै वातावरणको संरक्षण गर्नुपर्छ भन्ने प्लेकार्ड पनि बोक्यौ । नील हिरा समाज सबै समलिंगी तेस्रालिंगीलाई सहभागी हुनु भएकोमा धन्यवाद दिन चाहन्छ । धन्यवाद ।।

गाईजात्रा महोत्सवको अवसरमा नील हिरा समाजले पत्रकारलाई वितरण गरेको प्रेस विज्ञप्ती
सम्पूर्ण पत्रकार मित्रहरु,
हामी यौनिक तथा लैगिंक अल्पसख्य समूदाय समलिंगी तेस्रोलिंगीलाई सदियौदेखि अधिकार विहिन बनाइएको छ । प्राकृतिक रुपबाटै हाम्रो जन्म भएपनि हामीलाई हाम्रो पहिचान दिन हाम्रो आफ्नै परिवार बाधक बनिरहेको छ । परिवारले गर्ने विभेदका कारण समलिंगी तेस्रोलिंगी परिवार छाड्न बाध्य छन् । घर, परिवारमा आफ्नो पहिचान अनुसार बाच्न पाउनु पर्छ भन्दा गैरन्यायिक हत्या भएको घटना कसैबाट छिप्न सकेको छैन । जनकपुरमा एउटा परिवारले आफ्नो तेश्रोलिंगी सन्तानको हत्या गरेको घटनालेनै पुष्टी गर्छ हामी समलिंगी तेस्रोलिंगी कुन अवस्थामा रहेछौ भनेर । यो एउटा घटना समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले बाहिर ल्याएको भएर जनमानसमा संचार हुन पायो । यस्ता सयौ घटना छन् जुन अहिले पनि लुकाउने गरिएको छ । मार्छु, काट्छु भन्नेसम्मका धम्की मात्रै होइन स्वतन्त्र भएर एक्लै हिडडुल गर्न सक्ने अवस्था नहुनु र प्रहरीको धरपकड कायमै रहनुले हामीलाई लाग्छ समलिंगी तेस्रोलिंगीको पक्षमा राज्य मौन छ । के यो राज्य महिला र पुरुषका लागि मात्रै हो ? के हामी समलिंगी तस्रोलिंगीको अस्तित्व र पहिचान छैन ? किन हाम्रो अधिकार र पहिचानलाई राज्यले सम्वोधन गर्न सकिरहेको छैन । यसबारेमा नेपाल सरकार र राजनीतिक दलका नेताहरुले सोच्नुपर्ने बेला आएको छ ।Gaijatra
हुन पनि राज्यको व्यवहार र काम त्यस्तै नै छ । २०६४ साल पुष ६ गते सर्वोच्च अदालतले समलिंगी तेस्रोलिंगीलाई पहिचान अनुसारको नागरिकता दिन, समलिंगी विवाहबारे अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउन र समलिंगी तेस्रोलिंगी माथि विभेद हुने कानुन संसोधन गर्न दिएको आदेश आजका दिनसम्म कार्यान्वय भएको छैन । हामी माथि हुने विभेदकारी व्यवस्था भएका कानुन संसोधन या खारेज गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन हुनुको सट्टा सरकार विभेदकारी व्यवस्था सहितको देवानी तथा फौजादारी संहिता व्यवस्थाविका संसदमा पेश गरेर हामी समलिंगी तेस्रोलिंगीलाई अपराधी बनाउन उद्यत भइरहेको छ । के हामी जीवनभर यस्तै पीडा बोकेर बाचिरहनु पर्ने हो ? सोच्यौ, निर्णय गर्यौ र विगत १२ बर्षदेखि हामीले हरेक बर्ष एक दिन गाइजात्राको दिन दिवंगत साथीको चिरशान्तिको कामना गर्दै मैनबत्ती बाल्न थाल्यौ । यस्तै हामीले लुकेर बसेका समलिंगी तेस्रोलिंगीलाई खुल्ने उपयुक्त अवसरको रुपमा गाइजात्रा महोत्सवकै रुपमा मनाउन थाल्यौ । यसको सुत्रपातको रुपमा हामीले अधिकार प्राप्तीका अभियन्ता पूर्व सभासद् एवं नोवेल शान्ति पुरस्कारको मनोनयमा परेका सुनिलवावु पन्तलाई भुल्न सक्दैनौ । पन्तको अभाव विना यो गाइजात्रा महोत्सव खल्लो कसैलाई लागेको भए हामी क्षमा पार्थी छौ ।
हामी मेरो देश, मेरो संविधान, मेरो अधिकार, मेरो पहिचान ः मेरो गौरव भन्ने नाराका साथ आज गाईजात्रा महोत्सव मनाइरहेका छौ । समलिंगी तेस्रोलिंगी भएकोमा आफूले आफैलाई गर्व गर्छौ भन्ने सन्देश दिदै हामीले हरेक बर्ष गाईजात्रा महोत्सव मनाउँदै आएका छौ । गाईजात्रा महोत्सव लुकेर बसेका व्यक्ति खुलेर आउने अवसर हो, एक्ला एक्लै होइन अधिकार प्राप्तीको अभियान सामूहिक रुपमा सफल बनाउन गाईजात्रा महोत्सव सफल हुने विश्वास छ । समलिंगी तेस्रोलिंगीमा रहेको एकताकै कारण पहिले भन्दा अहिले विभेद, दुरव्यवहार कम भएको छ । गएको बर्ष हामीले काठमाडौंमै हामी एक नागरिक, हाम्रो एक भोट संविधान सभामा हाम्रो प्रतिनिधित्वको खास महत्व छ भन्ने नाराका साथ गाइजात्रा महोत्सव मनाएका थियौ । विभिन्न हिंसामा परेर मारिएका समलिंगी तेस्रोलिंगीको आत्माको चिरशान्तिको कामनासँगै संविधानसभामा समूदायको प्रतिनिधित्व नभएको अवस्थामा कानुनी अधिकार प्राप्तीको लडाई जारी छ । गाईजात्रा मृत्युसँग जोडिएर मनाइने पर्व भएपनि बाचेकाहरुले राम्रो सँग जीवन जीउन पाउनु पर्छ भनेर समलिंगी तेस्रोलिंगीलाई हौसला प्रदान गर्न गाईजात्रा महोत्सव मनाउँदै आएका छौ । अरु दिन खुल्न नसक्नेहरु गाईजात्राको दिन आफूजस्तै साथीसँग आफ्नो चाहना अनुसारको भेषभुषामा खुल्ने गर्दछन् । जुन आज प्रत्यक्ष देख्न सकिन्छ ।
नील हिरा समाज
धुम्वाराही काठमाडौं

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading