समलिंगी तेस्रोलिंगी महिला माथि हुने विभेद अन्त्य गर्न माग

समलिंगी तेस्रोलिंगी महिला माथि हुने विभेद अन्त्य गर्न माग

  • आइतबार, भाद्र ८ २०७१

Sammelanबिष्णु अधिकारी /ललितपुर भदौ ८ -बेइजिङ प्लस २० राष्ट्रिय महिला सम्मेलनले समलिंगी तेस्रोलिंगी महिला माथि हुने विभेद अन्त्य गर्न माग गरेको छ । सम्मेलनले २० बुँदे घोषणापत्र जारी गर्दै समलिंगी तेस्रोलिंगी महिला माथि हुने विभेद अन्त्य गर्न माग गरेको हो । घोषणापत्रको परिभाषामा समलिंगी र तेस्रोलिंगी महिलानै उल्लेख गरिएको छ । घोषणापत्रको बुँदा नम्वर १५ मा यौनिक अभिमुखीकरण र लैगिंक पहिचानका आधारमा गरिने विभेदपूर्ण व्यवहार माथि रोक लगाउन माग गरिएको छ ।

समलिंगी तेस्रोलिंगी महिला माथि हुने विभेदपूर्ण व्यवहारमा रोक लगाउन कानुनी प्रशासनिक तथा अन्य उपाय समेत अपनाउन सम्मेलनले माग गरेको छ । सम्मेलनले यौनिक अभिमुखीकरण र लैगिंक पहिचानमा आधारित मानवअधिकारको हनन भएका घटनाका सम्वन्धमा तदारुकता र निष्पक्षताका साथ पहिचान गरेर दोषी माथि कडा कारवाही गर्न पनि भनेको छ ।

यस्तै सम्मेलनले पीडितलाई यथोचित न्याय प्रदान गर्न माग गरिएको छ । सम्मेलनमा समलिंगी तेस्रोलिंगीको तर्फबाट सहभागीहरुले अधिकारको आवाज उठाउने संघ संस्थाले मानव मानवबीच हुने विभेद अन्त्यको आवाज उठाउनु पर्नेमा जोड दिएका थिए । सम्मेलनमा सहभागी नील हिरा समाजको सहारा नेपाल परियोजनाकी राष्ट्रिय संयोजक दुर्गा थापाले समलिंगी महिलामाथि धेरै विभेद र दुरव्वहार हुँदै आएको बताइन । थापाले समलिंगी महिलालाई जवरजस्ती विवाह गरिदिदाँ समलिंगी महिलाको जीवन बर्बाद भइरहेकाले खुल्ने वातावरण बनाउन सबैको सहयोग आवश्यक पर्ने बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading