हिम्मत गर्नेको कहिल्यै हार हुँदैन

हिम्मत गर्नेको कहिल्यै हार हुँदैन

  • बुधबार, भाद्र ११ २०७१

???????????????????????????????पोखरा (पहिचान) भदौ ११- देशभरका समलिंगी तेस्रोलिंगीहरुले देवानी तथा फौजदारी संहितामा रहेको विभेदकारी व्यवस्था संसोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले कास्कीको पोखरामा गरेको दुई दिने राष्ट्रिय परामर्स भेलामा सहभागीहरुले विभेदकारी व्यवस्था संसोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका हुन् । देशभरबाट सहभागी झण्डै २ सय समलिंगी तेस्रोलिगीले सर्वोच्च अदालतको फैसला विपरित देवानी तथा फौजदारी संहिता संसदमा दर्ता गराउन खोज्नु अदालतकै अपहेलना हुने बताए ।

सरकार समलिंगी तेस्रोलिंगीलाई अपराधीकरण गराउने षडयन्त्रमा लागेको छ समलिंगी तेस्रोलिंगीले भने, संहिता संसोधन नगरेर हामी चुप लागेर बस्दैनौ । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिगी तेस्रोलिंगीलाई अपराधिकरण गर्ने सपना नदेख्न सरकारलाई चेतावनी दिइन । यौनिक तथा लैगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी जागरुक भइसकेको भन्दै अध्यक्ष गुरुङले आफुहरु अब हात बाँधेर नबस्ने बताइन । समलिंगी तेस्रोलिंगीको गाँस, बास र कपासको अधिकार सुरक्षित नभएसम्म नील हिरा समाजको अभियान जारी रहने भन्दै अध्यक्ष गुरुङले यसका लागी सबैको सहयोग आबश्यक रहेको बताइन ।IMG_20140827_100420664

गुरुङले दुई दिने भेलाले जारी गर्ने पोखरा घोषणापत्रले नील हिरा समाजलाई मार्ग दर्शन गर्ने उल्लेख गरिन । यस्तै संविधानसभाका सदस्य राजिव बिक्रम शाहले देवानी तथा फौजदारी संहिताले समलिंगी तेस्रोलिंगीलाई अपराधीकारण गर्न लागेको भन्ने बिषयमा आँफुले कानुन मन्त्री नरहरी आचार्यसँग भेटेर छलफल गरेको जानकारी दिए । यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको समस्या विश्वभरी नै रहेको भन्दै विकसित देशमा भन्दा नेपालमा समलिंगी तेस्रोलिंगीका कतिपय अधिकार कानुनमा सुरक्षित रहेको उनको भनाई छ । यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका अधिकार प्राप्तिका लागी आँफु संधै नील हीरा समाजसँगै रहेको सभासद् शाहले बताए ।

नेपाली कांगे्रस नेता समेत रहेका संविधासभा सदस्य शाहले सबै समुदायलाई आफ्नो अधिकार र मुद्धाबारे बुझाउन सुझाव दिए । राष्ट्रिय मानवअधिकार आयोग पोखराका निर्देशक डाक्टर टिकाराम पोखरेलले समलिंगी तेस्रोलिंगीलाई खुलेर आउनै समस्या रहेको बताए । खुल्नलाई घर भन्दा टाढा गएको पाएका छौ पोखरेलले भने, समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्छ । उनले अधिकार डोनेसनमा नपाइने बताउँदै अधिकारको दावी गर्ने कुरामा पछाडि नहट्न सुझाव दिए । समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियानमा मानवअधिकार आयोग सधै साथै रहने उनको भनाई छ । उनले समलिंगी विवाहलाई कानुनी मान्यता दिने विषयमा प्रतिवेदन तयार भइरहेको र छिट्टै बाहिर आउने बताए ।

समलिंगी तेस्रोलिंगी माथि दुरव्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न आयोगले सिफारिस गरेको पोखरेलले जानकारी दिए । आफू माथि हुने विभेद, दुरव्यवहार र हिंसा नलुकाउन र त्यसबारे आयोगमा उजुरी गर्न समलिंगी तेस्रोलिंगीलाई पोखरेलको सुझाव छ । युएनएड्स (UNAIDS)का राष्ट्रिय संयोजक Ruben Del Prado ले डराएर बस्दा विभेद बढ्दै जाने बताए । उनले विभेद कम गर्नका लागि डराउन नहुने बताए । उनले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीलाई युएनएड्सको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए । युएनडिपी (UNDP) कि प्रतिनिधि Anna Chernyshova ले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीका लागि नेपाल दक्षिण एसियामै नमूनाको रुपमा रहेको बताइन । उनले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियानलाई सघाउने प्रतिवद्धता पनि जनाइन ।

कास्कीका सहायक प्रमूख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाईले समलिंगी तेस्रोलिंगीले सहज रुपमा नागरिकता लिन पाउने गरी नागरिकता ऐन संसोधन हुन लागेको जानकारी दिए । उनले कल्याणकारी काम गरेर पनि अधिकार प्राप्तीको अभियान सफल बनाउन सकिने धराणा राखे । उनले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता पूर्व सभासद् सुनिलवावु पन्त र तेस्रोलिंगी विष्णु अधिकारीले समलिंगी तेस्रोलिंगीबारे बुझाएपछि पहिलो पटक स्थानीय निकायमा आफुले समलिंगी तेस्रोलिंगीका लागि बजेट विनियोजन गरेको दावी गरे ।

राष्ट्रिय परामर्स भेलामा पोखरा उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की लयायत संस्थाका प्रतितिधिले समलिंगी तेस्रोलिंगीलाई संगठित भएर आफ्ना माग लिएर आए सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरुले यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले आँफुहरु माथी बिभेद भएको गुनासो गरे पनि संबन्धित निकायमा उजुरी नगर्ने गरेको बताए । कार्यक्रममा सहभागी सरकारी निकायका प्रतिनिधिहरुले निश्चित लक्षित समुदायका लागी १५ प्रतिशत बजेट रहने गरेको जानकारी दिदै यो शिर्षकको केही रकम समलिंगी तेस्रोलिंगीलाई छुट्याउन सकिने प्रतिबद्धता जनाए ।

नील हिरा समाजले चलाउदै आएको अभियानमा सहयोग गर्दै आएका दुताबास तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले पनि लामो खबरदारी र पहलपछि मात्रै अधिकार पाउन सकिने भन्दै आफ्नो अभियानलाई निरन्तरता दिन सुझाव दिएका छन् । उनीहरुले अधिकार प्राप्तिको समलिंगी तेस्रोलिंगीको लडाईमा आफ्नो सहयोग जारी रहेने पनि प्रतिबद्धता जनाए । भेलामा नौलो विहानी पोखराले स्वागत नृत्य प्रस्तुत गरेको थियो । भेलामा सर्घषरत तेस्रोलिंगी आनिक राना, मलायका लामा, भूमिका श्रेष्ठ, आदित्य राई, ज्योती थापा र उमेश पाण्डे निरुताले आफ्नो व्यथा सुनाएका थिए ।

UNDP, APRC कि EMILIE Pradichit ले वकालत तथा मानवअधिकारका कार्यक्रम संचालन गर्दा विभिन्न रणनीतिक विधिबारे चर्चा गर्नु भरेकी थिइन । नील हिरा समाजका कानुनी सल्लाहकार प्रेम थापाले देशभरबाट सहभागी समलिंगी तेस्रोलिंगीलाई देवानी तथा फौजदारी संहिता संसोधनका लागि प्रमूख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउन सुझाव दिए । भेलामा नील हिरा समाजकी उपकार्यकारी निर्देशक मनिषा ढकालले भेलामा सहभागी समलिंगी तेस्रोलिंगीलाई आफ्ना समस्या नलुकाई निर्धक्क राख्न भनिन । नील हिरा समाजको दिवा परियोजनाका सहायक निर्देशक संजय शर्माले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीलाई अधिकार विहिन बनाउन खोजे मौन नबस्ने चेतावनी दिए ।

नील हिरा समाजको सहारा परियोजनाकी राष्ट्रिय संयोजक दुर्गा थापाले मानवअधिकार हननका घटनाको अभिलेखिकरण गर्न सहभागीलाई सुझाव दिइन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं नील हिरा समाजका मिडिया संयोजक माधव दुलालले संस्थालाई अगाडि बढाउन सबै एकजुट हुनुको विकल्प नभएको बताए । भेलामा पहिचानको यात्रा संघर्षका १४ बर्ष शिर्षकको वृत्त चित्र पनि प्रदर्शन गरिएको थियो । भेलामा समलिंगी तेस्रोलिंगीले तस्विर प्रर्दशनी पनि गरेका थिए ।

भेलामा सुनिलवावु पन्तले राष्ट्रिय परामर्स भेलामा बाचन गर्न आग्रह गरेको कविता तेस्रोलिंगी आनिक रानाले बाचन गर्नु भएको थियो ।
हिम्मत गर्नेको कहिल्यै हार हुँदैन
जसरी एउटा सानो कमिला पनि आफ्नो गुडमा दाना लिएर उक्लिन खोज्दा
सयौ पटक चिप्लेर उ तल खस्छ तर हिम्मत हार्दैन ।।
म्नमा विश्वास अझ गहिरो बनाउदै बारम्वार प्रयास गर्छ
यहि चिप्लिनु, लड्नु, फेरी उठ्नु,
प्रयास गरी रहनुमा उसले जीवनमा सार देख्छ, सफलताको सिंडी देख्छ ।
तर उ थाक्दैन, अनि गन्तव्यमा पुगेरै छाड्छ
नदिको छालसँग डराएर कहिल्यै डुङ्गा पार हुँदैन ।।
समुन्द्रको गहिराईमा मोति खोज्नेले पनि कति पटक खालिहात फर्किनु पर्छ
मेति सजिलै मिल्दैनरात दिन नलागी सफलता हात लाग्दैन
हैरानीसँगै विश्वास बढाउँदै लैजानु पर्छ, हार मान्नु हुँदैन
मेहनत हमेसा खेर जाँदैन, कुनै न कुनै पटक त मोति हाम्रो हात लाग्छ लाग्छ ।
असफलता एक चुनौती हो, यसलाई स्वीकार गरौ
आफूमा कमि के रहन गयो हेरौ र आफूलाई सुधारौ
जबसम्म मिल्दैन सफलता, गरौ अठोट हामी बस्दैनौ विश्राम गरेर
संघर्षको मैदान नछोडौ, नभागौ चुनौतीहरु देखेर
केही नगरीकन सफल मानिस बनिदैन
हिम्मत गर्नेको कहिल्यै हार हुँदैन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading