बिश्वमा पहिलो पटक लिंगको महलमा ‘ओ’ उल्लेख गरेर राहदानी वितरण

बिश्वमा पहिलो पटक लिंगको महलमा ‘ओ’ उल्लेख गरेर राहदानी वितरण

माधव दुलाल /काठमाडौं (पहिचान) साउन २५ – बिश्वमा पहिलो पटक नेपालले लिंगको महलमा ‘ओ’ अर्थात अन्य उल्लेख गरेर राहदानी वितरण गरेको छ । राहदानी विभागले तेस्रोलिंगी मनोज शाही मोनिकालाई लिंगको महलमा ‘ओ’ अर्थात अन्य उल्लेख गरेर मेसिनले पढ्न सक्ने राहदानी दिएको हो । विभागका निर्देशक रेवती रमण पौडेलले तेस्रोलिंगी मोनिकालाई पहिलो पटक ‘ओ’ अर्थात अन्य उल्लेख भएको राहदानी लिन सफल भएकोमा बधाई दिए । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगीलाई नागरिकतामा उल्लेख भएको पहिचान अनुसारनै राहदानी वितरण गरिएको विभागका महानिर्देशक लोकबहादुर थापाले वताए ।

यसअघि राहदानीमा लिंगको महलमा एम अर्थात मेल र फ अर्थाल फिमेल मात्रै हुन्थ्यो । कैलाली टिकापुरकी तेस्रोलिंगी मोनिकाले लिंगको महलमा ओ उल्लेख गरेर राहदानी पाएकोमा धेरै खुशी लागेको वताइन । यो मेरो मात्रै जित होइन, नील हिरा समाज यो अभियानका अभियन्ता सुनिलबाबु पन्त, अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, उपनिर्देशक परसुराम राई लगायत समूदायका सबै सदस्यको जित हो उनले भनिन, समलिंगी विवाहले कानुनी मान्यता पाउने वित्तिकै पहिलो बैधानिक समलिंगी विवाह गर्न चाहन्छु । उनले विश्वमा पहिलो पटक ओ उल्लेख गरेर राहदानी लिएकोले गिनिज बुकमा नाम लेखाउन पहल गरिदिन नेपाल सरकार र पत्रकारहरुलाई आग्रह गरिन् । बिश्वमा नेपालको नाम चिनाउने प्रयास गरिरहेको छु मोनिकाले भनिन्, सगरमाथाको शिखर चुम्ने धोको सरकारको असहयोगले पुरा हुन सकेको छैन ।IMG_20150810_145323942

तेस्रोलिंगी मोनिकाले पहिलो राहदानी परराष्ट्र मन्त्रीको हातबाट लिने इच्छा भने पुरा हुन नपाएको वताएन । कसैले उपहार दिए प्रधानमन्त्री, मन्त्री अघि सर्छन तर नेपालको नाम बिश्वमा चिनाउने गरी पहिलो पटक राहदानी पाउने मलाई परराष्ट्र मन्त्री दिन भ्याउनु भएन मेरो गुनासो छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले नागरिक प्रतिको दायित्व निर्वाह गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले लामो सर्घष पछि पहिचान अनुसारको राहदानी पाउन थालेकोमा गर्वको महसुस गरेको वताइन । उनले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई सहज रुपमा नागरिकता दिनु पर्ने वताइन । समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले यो समूदायका सदस्यलाई पहिचान अनुसारको राहदानी वितरण गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएकी छन् । ढकालले यसले लुकेर बसेको समूदायका सदस्यलाई खुलेर आउन केही सहज बन्दै गइरहेको वताइन । उनले संबिधानमा अधिकार लेखिएपछि अर्को उपलव्धी हासिल हुने भन्दै सबैलाई सकारात्मक व्यवहार गरिदिन आग्रह गरिन् ।IMG_20150810_143907735

समाजका उपनिर्देशक परसुराम राईले समूदायका सदस्यका लागि पछिल्लो समय केही महत्वपूर्ण उपलव्धी हासिल हुँदै गइरहेको वताए । नील हिरा समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता सुजन पन्तले अहिलेसम्म ओ अर्थात अन्य उल्लेख गरेर कुनै पनि देशले राहदानी वितरण नगरेको वताए । यसअघि अष्ट्रेलिया, न्यूजिल्याण्डले लिंगको महलमा एक्स उल्लेख गरेर यो समूदायका सदस्यलाई राहदानी वितरण गरिसकेका छन् ।

नील हिरा समाजको पहलमा यौनिक तथा लैगिंक अल्पसंख्यकलाई पहिचान अनुसारको राहदानी दिने प्रक्रिया राहदानी विभागका तत्कालिन महानिर्देशक रमेश खनालले शुरु गरेका थिए । उनले समाजको प्रतिनिधिमण्डललाई बोलाएर पहिचान अनुसारको राहदानीबारे छलफल गर्दै अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणसँग अनुरोध गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading