अन्य उल्लेख भएको नागरिकता पाउँदा पुष्पा दङ्ग

अन्य उल्लेख भएको नागरिकता पाउँदा पुष्पा दङ्ग

काठमाडौं (पहिचान) असोज ८ – जिल्ला प्रशासन कार्यालय नुवाकोटले अन्य उल्लेख गरेर नागरिकता वितरण गरेको छ । प्रशासन कार्यालयले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका व्यक्तिलाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गरेको हो । नुवाकोटबाट लिंगको महलमा अन्य उल्लेख गरेर राहदानी लिने इश्वर थिंङ पुष्पा पहिलो व्यक्ति भएकी छन् । उनको आफ्नो पहिचान पुष्पा लामा हो ।

IMG_20150925_125402671वेतिनी गाविसकी पुष्पा अन्य उल्लेख भएको नागरिकता पाउँदा दङ छिन । म खुशी छु पुष्पाले भनिन्, नाम परिवर्तन भए झन धेरै खुशी हुन्थे । सर्वोच्च अदालतको आदेश पछि गृह मन्त्रालयले २०६९ पुष १७ गते यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका व्यक्तिलाई अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरेको थियो । गृहको परिपत्र पछि केही जिल्ला प्रशासन कार्यालय बाहेक धेरैले लिंगीको महलमा यो समूदायका व्यक्तिलाई अन्य उल्लेख गरेर नागरिकता दिइरहेका छन् ।

पुष्पाले आउने सोमवार पासपोर्टका लागि आवेदन दिने वताएकी छन् । पुष्पाले पासपोर्ट पनि पहिचान अनुसारकै लिने धोको रहेको वताइन । राहदानी विभागले अन्य उल्लेख गरेर पासपोर्ट दिइरहेको छ । अहिलेसम्म मनोज शाही, सन्तबहादुर पुन र भूमिका श्रेष्ठले अन्य उल्लेख गरेर पासपोर्ट लिइसकेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading