समलिंगी विवाहले मान्यता पाउनु पर्छ : एम्नेष्टी

समलिंगी विवाहले मान्यता पाउनु पर्छ : एम्नेष्टी

काठमाडौं (पहिचान) कात्तिक २४ – एम्नेष्टी इन्टरनेसनल नेपालका अध्यक्ष सूर्य बहादुर अधिकारीले समलिंगी विवाहलाई बैधानिकता दिनुपर्ने वताएका छन् । महिला पुरुष सरह समलिंगीले पनि समान लिंगसँग विवाह गर्न पाउनु पर्छ, त्यस्ता व्यक्ति समलिंगी विवाह गरेर बसेको सुनेको छु अध्यक्ष अधिकारीले भने, त्यो विवाहलाई पनि बैधानिकता दिनु पर्छ । उनले आफू यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सुनिश्चतताका लागि आँफु सँगै रहेको बताए ।

समलिंगी तेस्रोलिंगीहरुको अधिकारका लागि आवाज उठाउँदै आएको संस्था नील हिरा समाजसँग एम्नेष्टी इन्टरनेसनल नेपालले पटक–पटक सहकार्य गरेर काम गर्दै आएको अधिकारीले स्पष्ट पारे ।
“हामीले यो समाजसँग सहकार्य गरेर डिजाष्टरको समय अन्य समयमा पनि काम गरेका छौं,” अधिकारीले भने, “संविधान जारी हुनु भन्दा अघि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार संविधानमा उल्लेख गर्न संविधानसभाको ध्यानाकर्षण गराउन विज्ञप्ति पनि जारी गरेका थियौं ।”
मानवअधिकारका दृष्टिमा सबै नागरिक समान रहेको भन्दै उनले कसलै पनि फरक पहिचान भएकै कारण विभेद गरे त्यो मानवअधिकार विरोधी कार्य हुने भन्दै उनले समलिंगी तेस्रोलिंगीलाई पनि समान व्यबाहर गर्न सबैसँग आग्रह गरे ।
निजी विद्यालयहरुको संस्था एन प्याव्सनका बरिष्ठ उपाध्यक्ष समेत रहेका अधिकारीले विद्यालय तथा कलेजमा फरक यौनिक पहिचान भएकै कारण विभेदमा पर्नु नपर्ने बताए । “मलाई लाग्दैन अझै पनि विभेद हुन्छ भन्ने । समाज धेरै अघि बढी सक्यो,” उनले भने,“समलिंगी तेस्रोलिंगीबारे शिक्षक शिक्षिकाले बुझ्नु भएको छ ।”
अझै पनि यो समुदायमाथि विभेद कायमै रहेको भए त्यसको अन्त्य गर्ने दायित्व राज्य सँगै बिद्यालय, शिक्षक, शिक्षिका सबैको भएको भन्दै अब आफ्नो यौनिकता फरक भएकै कारण विद्यालयमा फरक ब्यबाहार भोग्नु नपर्ने बताए । “कतिपय अवस्थामा ब्यक्ति स्वयमले पनि आफ्ना लागि आँफै बाताबरण तयार गर्नुपर्छ । आफ्नो फरक यौनिकतालाई लिएर हिनताको भावना भने समलिंगी तेस्रोलिंगीले पनि पाल्नु हुँदैन ।”
यौनिक तथा लैंगिक अल्पसंख्यकबारे शिक्षक, शिक्षिका र विद्यार्थीहरुलाई अझै धेरै जानकारी दिन नील हिरा समाजले विद्यालयहरुमा गर्ने कार्यक्रमका लागि सहजीकरण गर्न आफु तयार रहेको पनि उनले स्पट पारे ।
फरक प्रसंगमा उनले भारतले सीमामा गरिरहेको अबरोध नाकाबन्दी भएको भन्दै यसबारे सरकार मौन रहनु आपत्तिजनक भएको बताए । भारतले नेपालको पारवहन अधिकार खोसेको सन्दर्भमा यसलाई अन्त्राष्ट्रियकरण गर्नु पर्ने र विश्व समुदायले पनि यसबारे चासो ब्यक्त गर्नु पर्ने उनको भनाई छ । आफ्नो अधिकारका नाममा आन्दोलनरत पक्षले अरुको अधिकार हनन् गरिरहेको भन्दै अधिकारीले राज्य पक्ष पनि दमनमा उत्रनु नहुनुमा जोड दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading