नेपाल रणनीतिमा समलिंगी तेस्रोलिंगीलाई समेट्न सुझाव

नेपाल रणनीतिमा समलिंगी तेस्रोलिंगीलाई समेट्न सुझाव

ललितपुर (पहिचान) मंसिर ९ – बेलायती सहयोग नियोगले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहयोग गर्दैन ? समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले यो प्रश्न नियोगका टोम फिङफिन्ड समक्ष राखेकी हुन् ।

नियोगले नेपाल रणनीति २०२० को रणनीतिक योजनाबारे सरोकारवालासँग गरेको छलफलमा ढकालले नियोगको प्रारम्भिक योजनामा आफ्नो समूदायबारे कतै उल्लेख नभएकोमा समेत जिज्ञासा राखिन् । गरिवीको रेखामनुी रहेका महिला र युवालाई गर्ने सहयोगको योजनामा आफ्नो समूदायलाई पनि सहभागी गराउन उनको सुझाव छ ।

लैंगिक विभेद भनेर धेरैले महिला र पुरुषलाई मात्रै बुझ्ने गरेका छन् उनले भनिन्, गरिवी निवारण कोषले अल्पसंख्यक भित्र समलिंगी तेस्रोलिंगी पर्दैनन् भनेको घटना ताजै छ । के बेलायती सहयोग नियोगले पनि त्यस्तै गर्ने त होइन ? नियोगका फिङफिन्डले समलिंगी तेस्रोलिंगीलाई महिला र पुरुष भन्दा माथि उठेर हेरिरहेको वताए ।

नियोगको नेपाल रणनीति २०२० बारे भएको छलफलमा नील हिरा समाजका उपनिर्देशक परसुराम राईले संबिधानमा आफ्नो समूदायबारे उल्लेख भएकाले त्यही अनुसार नियोगले योजना बनाउनु पर्ने वताए । हामीले पटक पटक भन्दै आएका छौ, नियोगले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई पनि सहयोग गरोस् राईले भने अब संबिधानमा लेखिएको छ, त्यहि अनुसार हाम्रो समूदायले पनि सहयोग पाउने आशा गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading