४० लाख भारतीयलाई नागरिकता दिदा आफ्नै देशका तेस्रोलिंगीलाई बञ्चित गरेछौं : पराजुली

४० लाख भारतीयलाई नागरिकता दिदा आफ्नै देशका तेस्रोलिंगीलाई बञ्चित गरेछौं : पराजुली

ललितपुर (पहिचान) मंसिर १० – ललितपुरका जिल्ला जनस्वास्थ्य अधिकृत केदारनाथ पराजुलीले ४० लाख भारतीयलाई नागरिकता बाड्दा आफ्नै देशका तेस्रोलिंगी नागरिक छुटेको बताएका छन् । परिचय समाजले ललितपुरका जिल्ला सरकारी कार्यालयका प्रतिनिधिहरुसँग एचआइभी एड्स र मानवअधिकारका सवालमा गरेको अन्तरक्रियाका क्रममा जनस्वाथ्य प्रमुख पराजुलीले यस्तो बताएका हुन् ।
‘हामीले ४० लाख भारतीयलाई नागरिकता वितरण गर्यौ तर आफ्नै देशका नागरिकलाई पहिचान अनुसारको नागरिकता दिन सकेनौं’ पराजुलीले भने, ‘तर अब संविधानले पनि यो समुदायलाई संबोधन गरेको छ, अब विस्तारै यो समुदायका गतिविधि बढाउन आवस्यक छ ।’ उनले आफूले यो समुदायलाई कहिले पनि नकारात्मक दृष्टिले नहेरेको भन्दै संविधानले संबोधन नगरेकै समयमा पनि सहयोग र सहकार्य गरेको बताए ।
Parichay‘पहिचान, सूचनाको पहुँच र आत्मसम्मानबाट तपाईहरु बञ्चित हुनुभएको छ’ उनले भने, ‘त्यो सबै राज्यको दायित्व हो र हामी राज्यको एउटा सानो अंगको नाताले तपाईहरुलाई सक्दो सहयोग गर्नेछौ ।’ उनले सबै विषय र समस्याका लागि कार्यालयमा आउन सुझाव दिदै जिल्लागत तहमा संबोधन गर्ने विषय संबोधन गर्ने र नसक्ने विषय मन्त्रालयमा सुझावसहित पठाउने आश्वासन दिए ।
कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक परिचालन प्रमुख विश्वेश्वर काइरालाले कार्यक्रमहरु राज्यका नीतिलाई सहयोग पुग्नेगरी संचालन गर्न आग्रह गर्दै समस्या समाधानका लागि स्थानीय तहबाटै प्रक्रियामा प्रवेश गर्न सुझाव दिए । ‘जहाँको समस्या समाधान गर्न खोजेको हो, त्यही स्थानबाट योजना निर्माणको प्रक्रियामा प्रवेष गरिदिनुहोस त्यसले हामीलाई सहयोग पुर्याउछ’ कोइरालाले भने, ‘त्यहाँबाट संबोधन हुन नसकेका विषय हामी जिल्ला तहबाट निर्णय गर्नेछौं ।’ उनले पर्पोजल फम्र्याटमै मागहरु लिएर आउन सुझाव दिदै जिल्ला तहबाट गर्न नसक्ने विषय मन्त्रालय पठाएर पनि संबोधनको प्रयास गर्ने बताए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका एचआइभी एड्स नियन्त्रण कार्यक्रमका प्रमुख सेवक नेपालले एचआइभी र त्यसको जोखिममा रहेका वर्गलाई विशेष कार्यक्रम ल्याउने विषय राष्ट्रकै प्राथमिकताको विषय भएको भन्दै त्यसलाई प्रभावकारी ढंगले अघि लैजान सहयोगको आग्रह गरे । ‘तपाइहरु पनि आफ्ना डोनरसँग सरकारी नियकायसँगको समन्वयमा कार्यक्रम अघि बढाउन सुझाव दिनुहोस’ नेपालले भने, ‘हामीसँग पनि कसरी यो विषयलाई व्यापक र प्रभावकारी बनाउन सकिन्छ भनेर निरन्तर बहसमा रहनुहोस ।’
कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघका मासचिव मनोरञ्जनकुमार बैद्य, नील हिरा समाजका उपाध्यक्ष उमेश पाण्डेले संविधानले यौनिक अल्पंख्यकलाई संबोधन गरेको भन्दै यो समुदायलाई पनि जिल्लाका योजना निर्माण, बजेट विनियोजन लगायतका विषयमा सहभागि गराउन माग गरे । उनीहरुले ६ महिना देखि परिचय समाज विना पैसा स्वयंसेवा गरिरहेको भन्दै जिल्लामा आउने बजेट तथा कार्यक्रम मार्फत जिविकोपार्जनमा पनि सहयोग गर्न आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading