अधिकार प्राप्तिको अभियानमा सँगै रहने प्रतिवद्धता

अधिकार प्राप्तिको अभियानमा सँगै रहने प्रतिवद्धता

काठमाडौं (पहिचान) मंसिर १७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले सबै अल्पसंख्यक समूदायसँगै अधिकार प्राप्तिको अभियानमा रहने प्रतिवद्धता जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुको २४ औ अन्तराष्ट्रिय दिवसको अवसरमा नील हिरा समाजका उपनिर्देशक परसुराम राईले सबै अल्पसंख्यकसँगै अधिकार प्राप्तिको अभियानमा रहने प्रतिवद्धता जनाएका हुन् ।

LGBTराईसँगै अन्तरलिंगी इशान रेग्मीले दिवसका अवसरमा भएको रयालीमा सहभागीता जनाउँदै अधिकार विहिन समूदाय एकजुट हुनु पर्ने वताए । अर्थपूर्ण समावेशीकरण : सबै क्षमताका व्यक्तिहरुका लागि पहुँच र शसक्तिकरण भन्ने दिवसको नारा व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा उपनिर्देशक राईले जोड दिए । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायमा पनि अपाङ्गता भएका व्यक्तिहरु रहेको वताउँदै राईले कोही पनि नागरिक अधिकार विहिन हुन नहुने वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading