तेस्रोलिंगी महिलालाई किन पुरुषसँगै राखिन्छ ?

तेस्रोलिंगी महिलालाई किन पुरुषसँगै राखिन्छ ?

अम्बिका दाहाल/काठमाडौं (पहिचान) मंसिर १७ – लैंगिक हिंसा तेस्रोलिंगी महिलालाई हुँदैन ? के उनीहरु सरकारी सेवा पाउनबाट बञ्चित भइरहनु पर्ने हो ? नील हिरा समाजको नर्वेजियन परियोजनामा कार्यरत मानवअधिकारकर्मी अन्तरलिंगी इशान रेग्मीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रायलले गरेको कार्यक्रममा यो प्रश्न गरेका हुन् ।

अहिले पनि समाजमा विभेद, दुरव्यवहार र हिंसा भोगने भनेका महिला मात्रै हुन भन्ने सोच कायमै छ रेग्मीले भने, तेस्रोलिंगी महिलालाई प्रहरीले किन पुरुषकै कक्षमा लगेर राख्छ ? नेपाल प्रहरीका डिआइजी मिग्मार लामालाई अन्तरलिंगी रेग्मीले लैंगिक हिंसा विरुद्धको कार्यक्रममा महिला र बालबालिकाको मात्रै कुरा आउने गरेको भन्दै तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुुलाउँदा समेत यो बिषयमा छलफल नभएको गुनासो गरे ।

तेस्रोलिंगी महिलालाई नेपाल प्रहरीले संचालन गर्ने सेवा केन्द्रमा छुट्टै सेवा लिन पाइदैन ? उनले भने, जन्मदा पुरुष तर हुर्कदै बढ्दै जादाँ महिला स्वभाव र हाउ भाउ हुने तेस्रोलिंगी महिलालाई अहिले पुरुषसँगै राखिन्छ र उनीहरु हिंसामा पर्ने गरेका छन् । नेपाल प्रहरीका डिआइजी लामाले तेस्रोलिंगी प्रति नेपाल प्रहरी ज्यादै संवेदनशिल रहेको वताए । उनले तेस्रोलिंगी हो भन्ने थाहा पाए पछि पुरुष महिला भन्दा छुट्टै राख्ने गरेको दावी गरे । उनले अबको योजनामा तेस्रोलिंगीका लागि छुट्टै ठाउँको व्यवस्था गरिने प्रतिवद्धता पनि जनाए ।

अन्तरलिंगी रेग्मीले आफनो शैक्षिक योग्यताको प्रमाणपत्रमा महिलाको नाम र अहिले आफु पुरुषको हाउ भाउमा हिडेकाले आफनो शैक्षिक योग्यताको प्रमाण पत्रमा पनि आफनो पहिचान अनुसारको नाम आबश्यक रहेको बताए । कार्यक्रममा सहभागीहरुले धेरै महिला र बालिकाहरु पुरुषबाटै हिंसामा पर्ने गरेको वताएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading