महाभेलाको घोषणा पत्रमा तेस्रोलिंगीको विषय समावेश

महाभेलाको घोषणा पत्रमा तेस्रोलिंगीको विषय समावेश

काठमाडौं (पहिचान) मंसिर २८ – सातौं राष्ट्रिय मानवअधिकार महाभेलाले आफ्नो घोषणा पत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषय पनि समावेश गरेको छ । २५ बुँदे घोषण पत्र जारी गर्दै सकिएको महाभेलाको १६ नम्बर बुँदामा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार पनि समावेश छ ।
बुँदामा यौनिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी आफ्नो पहिचान अनुसार स्वतन्त्रपूर्वक बाँच्न पाउनु पर्ने उल्लेख छ । तीन दिनसम्म चलेको भेलाले जारी गर्ने घोषणा पत्रमा आफ्नो समुदायको अधिकारको विषय पनि समावेश गरिनु पर्ने भेलामा सहभागी नील हिरा समाजका उपकार्यकारी निर्देशक पर्शुराम राईले आवाज उठाएका थिए ।
“हामीले भेलामा हाम्रो मुद्दा पनि समावेश हुनु पर्छ भनेर कुरा राखेका थियौं,” राईले भने,“त्यसैको फलस्वरुप घोषणा पत्रको १६ नम्बर बुँदामा हाम्रो विषय पनि समावेश भयो । खुसी लागेको छ ।”उनले यो घोषणा पत्र राष्ट्र प्रमुख सहित राज्यका विभिन्न निकायमा बुझाउने कार्यक्रम रहेको र यो कार्यान्वयन भएपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार पनि बिस्तारै संस्थागत हुँदै जानेमा आँफु विश्वस्त रहेको बताए । महाभेला आयोजक संस्था मध्येको एक नील हिरा समाज पनि हो ।
“सबैको लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा लोकतन्त्र मानवअधिकार र समावेशिता : राज्यको सबै क्षेत्र र तहमा महिला सहभागिता” भन्ने लगायतका नाराहरु तय गरिएको थियो ।
यसैगरी, ‘‘लैंंगिक अल्पसंख्यक तथा तेस्रोलिंगी सुमदायका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सुनिश्चत गरिनुपदर्छ” भन्ने विषय पनि दिवसका अबसरमा छापिएको ब्रोसरमा उल्लेख गरिएको थियो । यस्तै लैंगिक आधारमा विभेद गर्न नपाइने र लैंंगिक विविधतालाई आत्मसात गर्दै विभेदको अन्त्य गर्न भनिएको थियो ।
पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई पनि राष्ट्रिय मानवअधिकार आयोग लगायतका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले समावेश गर्दै आएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले केन्द्रमा समलिंगी तेस्रोलिंगीको गुनासा सुन्न र उजुरी लिन फोकल पर्सन नै तोकेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading