तेस्रोलिंगी भएकै आधारमा पक्रने अधिकार छैन : सहसचिव ज्ञवाली

तेस्रोलिंगी भएकै आधारमा पक्रने अधिकार छैन : सहसचिव ज्ञवाली

काठमाडौं (पहिचान) पौष १२ – गृह मन्त्रालयले समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीको मानवअधिकार संरक्षणमा प्रतिवद्ध रहेको वताएको छ । स्वतन्त्र पूर्वक सडकमा हिडडुल गर्दा प्रहरीले पक्रने र प्रमाण विनाको आरोप लगाउने गरेको गुनासो आइरहेका वेला गृह मन्त्रालयले स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउने अधिकारमा कसैले बन्देज लगाउने नमिल्ने वताएको हो ।

गृह मन्त्रालयको मानवअधिकार, कानुन तथा फैसला कार्यान्वयन महाशाखा कार्यरत सहसचिव धर्मराज ज्ञवालीले विना कारण पक्रने गरेको भए संस्थागत रुपमा गुनासो टिपाउन सुझाव दिए । पहिचान अनलाईनसँगको कुराकानीमा सहसचिव ज्ञवालीले दुई बर्ष अघि भन्दा अहिले यौनिक तथा लैंगिक अल्पसंख्यक खुलेर आएको वताउँदै उछृङखल गतिविधि गर्न भने छुट नहुने वताए । काठमाडौंको ठमेलमा रातीको समयमा अलि धेरै नै उछृङखल गतिविधि देखिन्छ सहसचिव ज्ञवालीले भने, समाजले स्वीकार्नका लागि आफू पनि समाजको मर्यादामा रहेर घुलमिल हुन सक्नु पर्छ ।

उनले नेपालमा मात्रै नभएर विश्वमा यो समूदायको अधिकारका लागि आवाज उठिरहेको वताउँदै आफू स्थानीय विकास मन्त्रालयमा हुँदा अन्तरलिंगी बच्चाको पहिचान खुलाएर जन्मदर्ता गर्न मिल्ने लिखित सुझाव दिएको वताए । यो समूदायबाट सुनिलबाबु पन्त आउनु भएको थियो, तर महिले पन्त पुग्नु अघिनै सुझाव लेखिसकेको थिए ज्ञवालीले भने, यो समूदायले आफ्नो पहिचान लिन हिच्किचाउनु हुँदैन ।

उनले नेपाल प्रहरीका जवान देखि माथिल्लो तहसम्मका प्रहरी अधिकृतलाई मानवअधिकार सम्वन्धी तालिम सामग्री पढाउने गरिएको वताए । केही केहीले यो समूदायको मानवअधिकारबारे नजानेर पक्रने गरेको हुन सक्ने भनेर तालिमनै दिने गरिएको सहसचिव ज्ञवालीले दावी गरे । कुन कुन ठाउँमा समस्या छ, त्यो ठाउँका बारेमा लिखित गुनासो गर्नु पर्छ ज्ञवालीले भने, हामी समलिंगी तेस्रोलिंगी भएकै आधारमा पक्रनु मानवअधिकार विरुद्धको काम हो भनेर भन्छौ । समलिंगी तेस्रोलिंगीले आफूलाई सडकमा हिडडुल गर्दा प्रहरीले विना कारण पक्रने र आधार विनाको आरोप लगाएर थुन्ने गरेको गुनासो गर्दै आएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading