जोखिममा रहेका युवाहरुलाई नीति निर्माण तहमा प्रतिनिधित्व गराइनु पर्ने माग

जोखिममा रहेका युवाहरुलाई नीति निर्माण तहमा प्रतिनिधित्व गराइनु पर्ने माग

काठमाडौं (पहिचान) पौष २५ -जोखिममा रहेका युवाहरुको संस्था वाइक्याप नेपालले नीति निर्माण तहमा प्रतिनिधित्वको माग गरेको छ । लागू औषध प्रयोगकर्ता, एचआइभी संक्रमित, यौनकर्मी, समलिंगी तेस्रोलिंगी समूदायको प्रतिनिधित्व रहेको वाइक्याप नेपालले नीति निर्माण तहमा प्रतिनिधित्वको माग गरेको हो ।

Ykapकाठमाडौंमा सकिएको वाइक्याप नेपालको राष्ट्रिय परामर्स बैठकले अरुको भरमा नपर्ने भन्दै आफ्नो लागि आफै बोल्नु पर्ने निष्कर्ष पनि निकालेको छ । यो समूहमा रहेका युवाको बास्तविक समस्या अरुले पहिचान गदैनन् वाइक्याप नेपालका अध्यक्ष संदिप शाहीले भने, हाम्रो समूहमा पर्ने युव माथि हुने विभेद, दुरव्यवहार अन्त्यका लागि सरकारले सम्बोधन गर्नुपर्छ ।

वाइक्याप नेपालमा १५ बर्ष देखि २९ बर्ष समूहका युवा आवद्ध छन् । संयुक्त राष्ट्र संघिय विकास कोष युएनएड्सकी विना पोखरेलले समस्याको पहिचान गरेर अबसर खोज्न सुझाव दिइन । पोखरेलले युवा सक्षम भएर आउनु पर्ने र विभाजित नभई सामूहिक रुपमा एक बद्ध हुनु पर्ने वताइन । वाइक्याप नेपालबाट अहिलेसम्म जोखिममा परेका विभिन्न समूहका १ सय ५० जना युवाले क्षमता विकासको तालिम लिइसकेका वाइक्याप नेपालले जनाएको छ ।

स्थानीय देखि राष्ट्रिय स्तरसम्म अधिकार हनन हुनु हुँदैन भनेर जनचेतना जगाइरहेको वाइक्याप नेपालका इश्वर महर्जनले वताए । परामर्स बैठक समापनमा सरोकारवाला निकायका प्रतिनिधिले वाइक्याप नेपाललाई सूचना, प्राविधिक सहयोग, तालिम लगायतका विषयमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading