अन्तरलिंगीका मद्धा नैं आएनन् : खतिवडा

अन्तरलिंगीका मद्धा नैं आएनन् : खतिवडा

अम्बिका दाहाल/ललितपुर (पहिचान) पौष २८ – राष्ट्रिय मानब अधिकार आयोग बालबालिकाको अधिकार हेर्र्ने फोकल पर्सन मञ्जु खतिवडाले अन्तरलिंगीका विषयमा पर्याप्त उजुरी नपरेको बताएकी छन । बालबालिकाको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी चाइल्ड राइट कन्भेन्सन (सीआरसी) कि सम्पर्क व्यक्ति (फोकल पर्सन) खतिवडाले अन्तरलिंगीका विषयमा कम मात्र उजुरी आएको बताइन ।
‘अहिले सम्म अन्तरलिंगीका बिषयमा सिन्धुपाल्चोकमा एउटा मात्रै उजुरी परेको छ’, खतिवडाले भनिन्, ‘नील हिरा समाजलाई यस बिषयमा के कति घटनाहरु घटेका छन, त्यसको उजुरी ल्याउन र यो बिषयमा घटेका घटनालाई डकुमेण्टेशन गर्न म आग्रह गर्छु ।’ उनले नील हिरा समाजबाट अरु बिषयमा पर्याप्त उजुरीहरु आए पनि अन्तरलिंगगीका विषमा उजुरी नआएको बताइन् ।
फोलक पर्सन खतिवडाले अन्तरलिंगीका विषयमा सिआरसीले पनि सहयोग गर्ने आस्वासन दिइन् । सिआरसीको प्रतिवेदन संयुक्त राष्ट्रसंघमा सुनुवाइ भइसकेको छ भने अरु देशहरुबाट पनि अन्तरलिंगीको विषय उठिरहेको उनले बताइन् । नेपालबाट ‘चाइल्डराइट कन्भेन्सनका’ विषयमा पर्याप्त विषय नउठेको भन्दै नील हिरा समाजका उप निर्देशक परशुराम राई र नील हिरा समाजको नर्वेजियन परियोजनामा कार्यरत इशान रेग्मीले नेपालमा चाइल्डा राइट कन्भेन्सनका विषयमा पर्याप्त बहस हुन नसकेको भन्दै गराएको ध्यानाकर्षण पछि खतिवडाले यस्तो बताएकी हुन् । ‘मानव अधिकार आयोगले गर्ने भनेको यस्ता विभिन्न क्षेत्रका मानवअधिकार सम्बन्धी कामहरु नैं हुन’ उनले भनिन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading