निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एकै प्रकृतिको मुद्धामा एक जनालाई सफाई र एक जनालाई जेल सजाँयको फैसला

एकै प्रकृतिको मुद्धामा एक जनालाई सफाई र एक जनालाई जेल सजाँयको फैसला

567
SHARES

काठमाडौं (पहिचान) पौष ३० – जिल्ला अदालत काठमाडौंले अंगभंग कुटपिट एकै प्रकृतिको मुद्धामा एकलाई जेल सजाई र एक जनालाई सफाई दिएको छ । अदालतका न्यायाधिश दीपेन्द्र अधिकारीको इजलासले तेस्रोलिंगी रजनी केसी गाँजलीलाई सफाई र प्रिया थापा मगरलाई दुई बर्ष जेल सजायको फैसला सुनाएको हो ।

रजनी र प्रिया बिरुद्ध सन्तोष थापा मगरले दिएको जाहेरी माथि सुनुवाई गर्दै अधिकारीको इजलासले रजनीलाई सफाई र प्रियालाई जेल सजायको फैसला सुनाएको हो । जिल्ला अदालतले एकै प्रकृतिको जाहेरीमा एक जनालाई सफाई र एक जनालाई जेल सजायको फैसला सुनाएको हो । घाइते आफै (जाहेरवाला) सन्तोष थापा मगरले तिलगंगा आँखा अस्पतालमा साथीबीच झगडा भएको भन्दा भन्दै पनि त्यो प्रमाणलाई अनदेखा गरी प्रिया मगरलाई सजाय गर्नु अन्याय पर्न गएको समलिंगी तेस्रोलिंगी अधिकारकर्मीले वताएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी समूदायको अधिकारको आवाज उठाउदै आएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले प्रिया थापा मगरलाई जेल सजाय भएको फैसला माथि पुनरावेदन गर्ने जानकारी दिइन । कुन आधारमा र कुन कानुन अनुसार एकै प्रकृतिको मुद्धामा एक जनालाई सफाई र एक जनालाई जेल सजाय भएको हो ? अध्यक्ष गुरुङले भनिन, जिल्ला अदालतको फैसलामा चित्त नबुझे पुनरावेदन जान सकिने कानुनी व्यवस्था छ हामी पुनरावेदन जान्छौ । निर्दोषले न्याय नपाउने र सजाय भोग्नु पर्ने बाध्यता हुँदो रहेछ अध्यक्ष गुरुङले भनिन् ।

समाचार शेयर गर्नुहोस्
567
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.