स्थानीय कार्यक्रममा आफ्ना माग समावेश गर्न तेस्रोलिंगीको माग

स्थानीय कार्यक्रममा आफ्ना माग समावेश गर्न तेस्रोलिंगीको माग

राज चौधरी/कैलाली (पहिचान) माघ १८ – सरकारले समलिंगी तेस्रोलिंगीलाई पनि आफ्ना कार्यक्रममा समेट्न थालेको छ । अन्य उल्लेख गरेको नागरिकता दिएर समलिंगी तेस्रोलिंगीलाई पहिचान प्रदान गरेको राज्यका स्थानीय स्तरका निकायले समेत यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आफ्ना कार्यक्रम मार्फत संबोधन गर्न सुरु गरेको हो ।
नेपालको संविधान २०७२ ले संविधानमै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सुनिश्चित गरेपछि समलिंगी तेस्रोलिंगी अन्य नागरिक सरह आफुहरुले पनि अधिकार पाउनु पर्ने माग गर्दै राज्यको उपल्लो निकायदेखी स्थानीयस्तरसम्म आवाज उठाउन थालेका छन् ।
यसैक्रममा कैलाली जिल्लामा स्थानीय निकायले कार्यक्रम तर्जुमा गर्दा समलिंगी तेस्रोलिंगीलाई आफ्ना कार्यक्रममा समावेश गर्न यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले माग गरेका छन् । यही माघ १३ गते भएको इलाका स्तरीय गोष्ठीमा समलिंगि तेस्रोलिंगिको उपस्थीति जनाए । उनीहरु वडा स्तरीय भेला र नगर स्तरीय भेलामा छुटेपनि इलाका स्तरीय गोष्ठीमा सवै गा.वि.स. र नगरपालिकामा सहभागी भएका हुन् । Raju lama
जिल्ला विकास समिति कार्यालय धनगढीको आर्थिक वर्ष २०७३÷०७४को लागि गा.वि.स. र नगरपालिकाबाट पुर्वधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन वातावरण तथा पर्यटन विकास र संस्थागत विकास गरी ५ क्षेत्रमा योजना छनौट गरेको थियो । यी योजना भित्र समलिंगी तेस्रोलिंगीलाई पनि समावेश गरिएको यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएका राजु लामाले जानकारी दिए ।
इलाका स्तरीय गोष्ठीमा समलिंगि तेस्रोलिंगिले आफ्ना मागहरु राखेका थिए । आर्थिक वर्ष २०७३÷०७४ को लागि योजना प्राथमिकिकरण सूचकमा समलिंगी तेस्रोलिंगीलाई पनि राख्न माग गरेका छन् । उनीहरुले गा.वि.स. सचिव र नगरपालिका प्रमुखलाई भेटेर राखेका मागहरु यस्ता छन् ।
पूर्वाधार विकास
– यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागि सुरक्षा आवासको व्यवस्था
– लैंगिक मैत्री शौचालय अन्र्तगत यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री शौचालय निर्माण
सामाजिक विकासमा
१.शिक्षा
– सम्पुर्ण पिछडिएका,पछाडी पारिएका आदिवासी जनजाती, दलित,महिला र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई लक्षित गरी छात्रवृद्वी कार्यक्रम संचालनमा वृद्वि ल्यउने ।
– यौनिक तथा लैंगिक अल्पसंख्यका समूदायकाबारेमा शिक्षक,महिला समुह, युवा क्लव र नागरिक समाजलाई लक्षित गरी सचेतीकरण कार्यक्रम
– हरेक विद्यालयमा लैंगिक मैत्री शौचालय अन्र्तगत यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री शौचालय निर्माण
२.स्वास्थ्य
– समलिंगी तेस्रोलिंगी समुदायलाई लक्षित गरी एच आई भी एड्सका कार्यक्रम संचालन
– यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री स्वास्थ्य सेवा संचालनको लागिन स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी सचेतीकरण कार्यक्रम
– पिछाडी परेका समुदायलाई निःशुल्क स्वास्थ्य सेवा संचालन
३. जनचेतना कार्यक्रम
– यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई लाञ्छान तथा भेदभाव,यौनस्वास्थ्य र मानवअधिकारको वारेमा सशक्तिकरण कार्यक्रम
– समलिंगी तेस्रोलिंगीको वारेमा जनचेतना मुलक कार्यक्रम
४. सामाजिक तथा आर्थिक रुपमा पिछाडिएका वर्गहरुको उत्थान कार्यक्रम
– यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई लक्षित गरी आय आर्जन तथा सचेतीकरण कार्यक्रम संचालन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading