समलिंगी विवाहको प्रतिवेदन मन्त्रालयमा थन्किदा १० प्रतिशत जनसंख्यामा कालो छाँया

समलिंगी विवाहको प्रतिवेदन मन्त्रालयमा थन्किदा १० प्रतिशत जनसंख्यामा कालो छाँया

अनुषा भुजेल/सुनसरी (पहिचान) माघ २१ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले समलिंगी विवाहबारेको प्रतिवेदन मन्त्रालयमा थन्कदा आठ देखि १० प्रतिशतको जनसंख्यामाथि कालो छाँया परेको बताएका छन् । यौनिक अल्पसंख्यकहरुको संस्था नील हिरा समाज र नर्वेजिएन फन्डको संयुक्त आयोजनामा सुनसरीको इटहरीमा भएको पत्रकारसम्मेलनमा तेस्रोलिंगी मानवअधिकारकर्मी सुमन तामाङले समुदायको अधिकारका लागि प्रतिवेदन थन्किदा अन्याय भएको बताए ।
सात वर्ष अघिस्वाथ्य मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन भएको सात सदस्यीय समितिले एक बर्ष अघि प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको थियो । समलिंगी विवाहलाई मान्यता दिनेगरी तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाइएको थियो भने हाल त्यो प्रतिवेदन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पुगेको छ । त्यहाँबाट प्रतिवेदन अघि नबढ्दा नयाँ कानुन निर्माणको बाटो खुल्ने अबस्था निर्माण हुन सकेको छैन ।Press 2
पत्रकार सम्मेलनमा स्थानीय तथा राष्ट्रियस्तरका मिडियाका पत्रकारहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकको अवस्था र भोग्नुपरेको समस्याका विषयमा जिज्ञासा राखेका थिए । ‘समलिंगी विवाहको प्रतिवेदन मन्त्रालयमा थन्केको कारण समलिंगीहरुले गरिएको आसाहरुमा कस्तो प्रकारको असर परेको छ र यसमा तपाईहरुको भनाई के कस्ता रहेका छन् ?’ मकालु टेलिभिजनका संवाददाता सुरेश घिमिरेको जिज्ञासा थियो । ‘मैले मात्र गरेको आसा होईन पुरा नेपालमा रहेका ८ देखि १० प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको आसामा कालो छाँया परेको छ’ मानव अधिकारकर्मी तामाङ्गले भने, ‘नेपाल सरकारले समलिंगी विवाहसम्बन्धि प्रतिवेदन पारित गरेर अन्य विपरित लिंगी सरह सम्मानपुर्वक विवाह गर्न पाउने व्यवस्था मिलाओस ।’
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले निरन्तर रुपमा ईमेलबाट न्यूज अपडेट गराएमा पत्रपत्रिका तथा रेडियो टेलिभिजन र अनलाइनमा उचित स्थान दिने भन्दै सुनसरी जिल्लाले आयोजना गर्न गईरहेको पत्रकारिता तालिम कार्यक्रममा समुदायको तर्फबाट पहिचान सहकर्मी अनुषा भुजेललाई पनि समावेश गराउन लागेको जानकारी दिएका थिए । उनीहरुले समलिंगी तेस्रोलिंगीका विषय धेरै सम्वेदनशील तथा अत्यावश्यक कुराहरु भएको कारण यस विषयलाई निरन्तर सहयोग साथ र आवश्यक परेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नै कुराहरु उठाउन सम्पुर्ण पत्रकारहरु तयार रहेको बताएका थिए ।
नील हिरा समाजका जिल्ला शाखाहरुले गर्ने कार्यक्रमहरुमा केन्द्रका प्रतिनिधिहरुको पस्थितिमा मात्र पत्रकार सम्मेलन गर्ने विगतको नजिर तोड्दै अहिले जिल्ला शाखाहरुले पनि आफै पत्रकार सम्मेलन गरी आफ्ना समस्या र नयाँ जानकारी गराउन सुरु गरेका छन् । त्यही अभियान अन्तर्गत सुनसरी शाखाले गरेको पत्रकार सम्मेलनबाट धेरै पत्रकारहरु तेस्रोलिंगीका विषयमा सकारात्मक बनेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading