द्विलिंगी नवराज कार्की अन्तराष्ट्रिय पाराओलम्पिक च्याम्पियनशीपमा रजत पदक जित्न सफल “जसले ‘द्विलिंगी’ भएको परिचय पहिलोपटक दिए”

द्विलिंगी नवराज कार्की अन्तराष्ट्रिय पाराओलम्पिक च्याम्पियनशीपमा रजत पदक जित्न सफल “जसले ‘द्विलिंगी’ भएको परिचय पहिलोपटक दिए”

काठमाडौं (पहिचान) भदौ २ – भर्खरै भारतमा सम्पन्न अन्तराष्ट्रिय पाराओलम्पिक च्याम्पियनशीपको तेक्वान्दोतर्फ रजत पदक विजेता नवराज कार्कीले आफू दुईलिंगी भएको बताएका छन् । आफ्नो लिंगीय पहिचान खुलाउने उनी पहिलो नेपाली खेलाडी हुन् । उनी आफ्नो लिंगीय पहिचान खुलाउने नेपालकै पहिलो द्विलिंगीय व्यक्ति समेत हुन् ।
Nabaraj Karki‘मैले अन्तराष्ट्रिय ओलम्पिकमा भाग लिएर स्वर्ण जित्ने लक्ष्य राखेको थिएँ तर रजतमा मात्र सिमित भएको छुँ’ कार्कीले भने, ‘तर पनि देशको नाम राख्न सफल भएकोमा खुसी नै छु ।’ उनले नेपालको नाम राख्न सफल आफू यौनिक तथा लौंगिक अल्पसंख्यक भित्रको द्विलिंगी व्यक्ति भएको बताए ।
‘म सुरुमा निरास अवस्थामा थिँए तर जव म नील हिरा समाजको शाखा कार्यालय परिचय समाज ललिपुरमा पुगे त्यहाँबाट मलाई मनोरञ्जन कुमार बैद्यले नील हिरा समाजले पहिलो पटक आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक खेलकूद महोत्सवमा नाम टिपाई दिनु भयो र आज म पारा ओलम्पिक सम्म पुग्न सके’ उनले भने ।
Nawaraj Karkiनवराज नील हिरा समाजका संस्थापक सुनिलबाबु पन्तको नेतृत्वमा नेपालमा पहिलो पटक भएको दक्षिण एसियास्तरीय यौनिक तथा लैंगिक अल्पसंख्यक खेलुकद महोत्सवको दौडमा दोस्रो हुने खेलाडि पनि हुन । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् पन्तको क्रियाशीलतामा चार वर्ष अघि पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यक खेलकुद महोत्सव नेपालमा भएको थियो ।
उनले फेरि पनि नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक खेलकुद महोत्सव हुनु पर्ने बताए । “यस्तै खालको महोत्सव फेरि पनि आवश्यक छ । यस्तो प्रतियोगिता भयो भने म जस्ता साथीहरुले खुल्ने अबसर पाउँछन्,” नबराजले भने,“त्यो बेला सुनिलबाबु पन्तले अब यस्तै प्रतियोगिता पोखरामा गर्नु पर्छ भन्नु भएको थियो । तर, आज सम्म भएको छैन ।
समाजमा अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन नआएको बताए । उनले भने, “त्यती धेरै परिवर्तन त आएको छैन । तर, अरुले के भन्छन् भनेर बस्ने कुरा भएन । आफू जे हो त्यो खुलाएर आउनुपर्छ ।”
‘अघिल्लो पटकको राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन नाम लेखाउन गएका कार्की फारममा अन्य उल्लेख नभएकै कारण फारम नभरी फर्किएका थिए । उनले फारममा अन्य उल्लेख भए आफूले अन्यमा फारम भर्ने जानकारी दिए । दायाँ हात नभएका कार्की नेपालको तर्फबाट तेक्वान्दोतर्फ पाराओलम्पिकमा सहभागि भएका थिए । उनले पटक पटक मिति तोकिदै रोकिएको र अव भने लगभग हुने पक्का जस्तै भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको म्याराथनमा सहभागी हुने वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.