निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तरुण दलको केन्द्रीय सदस्यमा भूमिकाको उम्मेदवारी घोषणा

तरुण दलको केन्द्रीय सदस्यमा भूमिकाको उम्मेदवारी घोषणा

700
SHARES

काठमाडौं (पहिचान) कार्तिक ७ – तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले नेपाल तरुण दलको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् । तरुण दलको पोखरामा हुने भनिएको चौथो महाधिवेशनमा अधिकारकर्मी श्रेष्ठले तेस्रोलिंगी, अल्पसंख्यक, पिछडा बर्गको कोटामा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
bhumikaनेपाली काँग्रेसको १२औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत बनिसकेकी भूमिकाले काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको संशोधित विधान अनुसार उम्मेदवारी दिने घोषणा गरेकी हुन् । भूमिकाले पोखरामा हुने भनिएको तरुण दलको महाधिबेशनमा केन्द्रीय सदस्य पदका लागि सामाजिक संजाल फेसवुक मार्फत प्रचार समेत थालिसकेकी छन् । उनले तरुण दलको केन्द्रीय सदस्य पदमा आफूलाई मत दिन फेसवुक मार्फत आव्हान गरेकी छन् ।
‘तेस्रोलिंगी साथिहरुले पनि राजनीतिक पहुँच नबढाए अधिकार स्थापित हुँदैन भनेर हामी तेस्रोलिंगीहरु राजनीतिमा क्रियाशील हुन थालेका हौं’ भूमिकाले भनिन्, ‘म विगत देखि नै सबैभन्दा उत्कृष्ट पार्टी भएकाले नेपाली कांग्रेसमा नै क्रियाशील छु ।’
उनले आफू तरुण दलमा लाग्नुको कारण आम युवाहरुमा यौंनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी तेस्रोलिंगी द्वीलिंगी र अन्तलिंगी) पनि अन्य मानिस जस्तै समाज हुन् भन्ने धारणा विकास गराउनु भएको बताइन् । ‘हुन त म तरुण दलको केन्द्रीय सदस्य भए भने समुदायका मात्र कुरा गरेर पुग्दैन देशका सबै युवाको हितका लागि मैले लड्नु पर्छ’ भूमिकाले भनिन्, ‘तर मेरो पहिलो प्राथमिकता भने समलिंगी तेस्रोलिंगीमाथिको विभेद अन्त्यमा नैं केन्द्रीत हुने छ ।’
भूमिकाले समलिंगी तेस्रोलिंगीहरु पछिल्लो समय धेरै पार्टीमा क्रियाशील हुन थालेको भन्दै सबैको सामुहिक लक्ष भने सामुदायिक हित नैं रहेको बताइन् । ‘म का्रग्रेसमा लागेकी छु, अरु साथिहरु अन्य पार्टीहरुमा लाग्नुभएको छ’ उनले भनिन्, ‘तर जो जुन पार्टीमा लागे पनि समुदायका सम्बन्धमा उठाउने कुरा एउटै हुन् त्यस बाहेक विचारका कुराहरु भने आआफ्ना हुन्छन् ।’

समाचार शेयर गर्नुहोस्
700
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.