बाइसेक्सुअल खेलाडी नवराजको कोरिया यात्रा

बाइसेक्सुअल खेलाडी नवराजको कोरिया यात्रा

काठमाडौं (पहिचान) मंसिर १ – पारा तेक्वान्दो खेलाडी नवराज कार्कीले दक्षिण कोरियाको मुजु पुगेर तेक्वान्दो तालिम लिएर फर्किएका छन् । कोरियाको मुजुमा रहेको ताइकण्डोवन भन्ने स्थानमा उनले विश्व तेक्वान्दो फेडेरेसनबाट तालिम लिएका हुन् । उनले २०१६ को डब्लु टिएफ पार्टनरसिप तेक्वान्दो कार्यक्रम अन्तर्गत पारा कोर्ष लिएका हुन् । उनले गएको अक्टोबर २५ देखि यही नोभेम्बर सात सम्म दुई हप्ते तालिम लिएका हुन् । शारीरिक अपांगता भएका खेलाडी नवराज कार्की पारा तेक्वान्दो र पारा म्याराथनका खेलाडी हुन् । उनी यौन झुकावका हिसावले बाइसेक्सुअल भएकाले यैनिक तथा लैंगिक अल्पसख्यक (एलजीबीटीआई) समुदायमा पर्छन् । खुलेर समिलंगी तेस्रोलिंगी समुदायको प्रतिनिधित्व गरेर खेल्ने नबराज कार्की पहिलो र एक्ला खेलाडी हुन् ।
कसरी तालिममा सहभागि हुन कोरियाको पुगे नबराज ?
tekwandoनेपाल पारा तेक्वान्दो एसोशिएसनको पहलमा नवराज विश्व तेक्वान्दो फेडेरेसनको पारा तालिममा सहभागि हुन कोरियाको मुजु पुगे । उनले तेक्वान्दोको उद्भवस्थल ताइकण्डोवन पुगेर तालिमको मौका पाएका हुन् । तालिमसँगै नवराजले प्रशिक्षक बन्ने खुड्किलो पार गरे ।
’मलाई नेपाल पारा तेक्वान्दो एसोशिएसनका अध्यक्ष जेडी ढुंगेल दाइ र सचिव मुकुन्द आचार्यको सहयोगबाट मैले कोरिया पुगेर तालिम लिने अवसर मिलेको हो,’ उनले भने, ’यसले मलाई आत्म विश्वास बढाउनुका साथ सिप पनि थपिदिएको छ ।’ उनले अन्तराष्ट्रिस्तरको तालिम भएकाले यहाँ पनि तालिमकै लागि प्रयोग हुन सक्ने बताए ।
’एतिले मात्र तालिम दिने प्रशिक्षक बन्न पर्याप्त त हुँदैन तर पनि प्रशिक्षक बन्ने बाटो खुलेको छ’ नबराजले भने । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकारका लागि काम गर्ने संस्था नील हिरा समाजले आयोजना गरेको फस्ट साउथ एसिएन एलजिबिटिआई स्पोर्टस फेस्टिवल २०१२ बाट खेल जीवनको औपचारिक सुरुवात गरेका कार्कीले इन्टरनेशनल पारा तेक्वान्दो च्याम्पिएनसिप इन्डियाको समेत उपविजेताको उपाधि जितिसकेका छन् । नील हिरा समाजले नेपालमा भएको पहिलो दक्षिण एसियाली यौनिक तथा लैंगिक अल्पसंख्यक खेलकुद महोत्सवमा पनि कार्कीले म्याराथनमा उपविजेताकै उपाधि हाँसिल गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.