समलिंगी जोडीलाई भिषा नदिए सर्वोच्च जाने सुमनको चेतावनी

समलिंगी जोडीलाई भिषा नदिए सर्वोच्च जाने सुमनको चेतावनी

काठमाडौं (पहिचान) पुष २९ – समलिंगी महिला सुमन पन्तले सरकारले आफ्नो जोडीलाई नेपाल बस्ने भिषा नदिए अधिकारका लागि सर्वोच्च अदालत जाने चेतावनी दिएकी छन्। रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले संविधानले स्वीकार गरेसकेको यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सरकारले संविधान अनुसार व्यवाहार गर्नु पर्ने बताइन्।
Suman Pant

 

अमेरिका बसेर उच्च शिक्षा अध्ययन गरेकी पन्तले उहीँ छदै आफू जस्तै समलिंगी महिलासँग विवाह गरेकी थिइन्। पिचडी सकेर नेपाल फर्किएका उनीहरु दुवै जना यहीँ बस्न चाहे पनि अध्यागमनले समलिंगी विवाहलाई मान्यता दिने कानुन नबनेको भन्दै फाइल मन्त्रालयमा पठाएको छ।

“हामी नेपालमा फुड सेक्युरिटी र राज्यको नजरभन्दा बाहिर रहेका महिलाका क्षेत्रमा काम गर्ने भनेर नेपाल आयौं। मेरो पार्टनरको भिषा यही मे मा सकिदैछ,” उनले भनिन्, “यदी उसको भिषा थपिएन भने हामी यहाँ बस्न सक्दैनौं। यस्तो अवस्थामा अधिकारका लागि सर्वोच्च अदालतमा पनि जान सकिन्छ।”

उनले कानुन बन्न समय लाग्नेमा आफू जानकार रहे पनि राज्यसँग इच्छाशक्ति भए कानुन बनाएर भएपनि आफूहरुलाई नेपाल बस्ने वातावरण मिलाउन सक्ने बताइन्।

“यौनिक अल्पसंख्यकको अधिकारमा नेपाल दक्षिण एसियामा निकै अघि रहको छ । संविधानमै समलिंगी तेस्रोलिंगीको अधिकार लेखिँदा त्यो मेल मैले ८/१० जनालाई सेयर गरेकी थिएँ,” पन्तले भनिन्, “तर, अहिले यहाँ आएर त्यही अनुसारको कानुन नबनेको र अधिकार उपभोग गर्न नपाउँदा मनमा खल्लो भन्ने लाग्दोरहेछ ।”

युवा पुस्ताले समलिंगी तेस्रोलिंगीलाई स्वीकार्न थालेको भन्दै उनले पहिलो पुस्तालाई भने केही समय अझै लाग्ने वताइन। उनले पर्याप्त जानकारीको अभाव र कौतुहलताका कारण यस्तो भएको बताइन्।

“आफूले १३ वर्षको उमेरमा आफ्नो पहिचान थाहा पाएको भन्दै उनले भनिन्, “यौनिक अल्पसंख्यकका मल्टिपाटनर हुन्छन् भनेर सबैलाई एउटै वास्केटमा हालेर यो समुदायलाई अधिकार नै दिनुहुन्न भन्नु अन्याय हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.