हामी तेस्रोलिंगी ………….

हामी तेस्रोलिंगी ………….

5.8k
SHARES

सुनिलबाबु पन्त/पहिचान

जीवनका प्रेरणा हौं हामी

हामी नै हौं समाजको गौरवको प्रतिक ।
हामीलाई निर्बल नठान तिमी
शिखण्डि जस्तै माहारथि हौं हामी ।
प्रबल क्रान्तिको आह्वान हौं हामी
न्यायको ज्वाला पनि त हौं हामी।हर समाजमा विद्यमान छौं हामी
हर इतिहासमा हाम्रो छ योगदान।
महिला र पुरुष मात्र हुने भए
हुन्थ्यो यो संसार कालो-सेतो र निरश:।

हामी जस्ता तेस्रो लिङ्गिको कारण
हेर त! रंग छरिएको छ जताततै।अर्धनारेश्वरी को साकार रुप हामी
सृष्टिको सुन्दर रचना पनि हामी।
ज्ञान र सिप दुवै छ  समाहित

सौन्दर्यता र शक्तिको मिश्रण हौं हामी।
अनि भन्छौ कसरि हामीलाई  अधुरो?
हामी नभएको भए, वरु,  संसारै अधुरो।
…………………….तेस्रो लिङ्गि हामी

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.