फरक पहिचान भएकै कारण विभेद गर्न पाइदैन : डाक्टर लम्साल

फरक पहिचान भएकै कारण विभेद गर्न पाइदैन : डाक्टर लम्साल

4.6k
SHARES

काठमाडौं (पहिचान) साउन २४ – साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय पनि नेपाली साहित्यमा समावेश हुनुपर्ने बताएका छन् । सबै नागरिक समान भएकाले सबैका विषयले हरेक ठाउँमा प्रवेश पाउनु पर्ने उनको भनाइ छ ।

समाजमा समलिंगी तेस्रोलिंगी खुलेर नआएका र उनीहरुका विषयमा पर्याप्त जानकारी साहित्यकारहरुलाई नभएकाले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय समावेश नभएको हुन सक्ने उनी बताउँछन् ।
पछिल्लो समय साहित्य बन्द कोठा भित्र सिर्जना गर्ने प्रचलन बढेर गएकाले पनि विषय बस्तुको ज्ञानको अभावमा सबै विषयले स्थान पाउन नसकेको उनको बुझाइ छ ।
फरक पहिचान भएकै कारण कसैलाई पनि विभेद गर्न नपाइने भन्दै डा. लम्सालले महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीले पनि समान अधिकार र अवसर पाउनु पर्ने बताए ।
पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको भन्दै उनले अब बिस्तारै समतामुलक समाज निर्माण हुने बताए ।
समाजमा घुलमिल नभएका कारण पनि अवसरबाट बञ्चित भएको भन्दै उनले समतामुलक समाज निर्माण र अवसर प्राप्तीका लागि पनि समलिंगी तेस्रोलिंगी खुलेर आउनुपर्नेमा जोड दिए ।
साहित्य कला र संस्कृत सबैको साझा भएको भन्दै डा. लम्सालले यसमा सबैका विषय समावेश हुँदै जानेमा आफू ढुक्क रहेको पनि बताए ।

 

समाचार शेयर गर्नुहोस्
4.6k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.