समलिंगी तेस्रोलिंगीका विषयले पनि नेपाली साहित्यमा प्रवेश पाउने

समलिंगी तेस्रोलिंगीका विषयले पनि नेपाली साहित्यमा प्रवेश पाउने

काठमाडौं (पहिचान) कार्तिक १७ – साहित्यकार गोकुल अधिकारीले समलिंगी तेस्रोलिंगीका विषय नेपाली साहित्यमा समावेश नहुनुको कारण उनीहरुप्रतिको बुझाएको कमी भएको बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले नेपाली समाजले बुझ्न थालेपछि यो विषय पनि उठान हुने वताए ।

“श्रष्ठा पनि समाजकै व्यक्ति भएकाले उसले समाजमा जे देख्छ त्यही आफ्नो सिर्जनामा समावेश गर्छ,” अधिकारी भन्छन्, “साहित्य समाजकै प्रतिविम्ब भएकाले जे समाजमा देखिन्छ वा भेटिन्छ त्यही नै साहित्यको विषय हुन्छ ।”

समाजले समलिंगी तेस्रोलिंगीबारे स्पष्ट बुझ्न थालेपछि यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय पनि सहज रुपमा आउने अधिकारीको भनाइ छ । यदी अहिले महिला जस्तै समलिंगी तेस्रोलिगीबारे सबैलाई थाहा भएको भए उनीहरुका विषयमा पनि प्रसस्त साहित्य सिर्जना भैसकेको हुने भन्दै अधिकारी भन्छन्, “महिला र पुरुषबारे जति साहित्यकारलाई थाहा हुन्छ त्यती नै अहिले यो समुदायबारे थाहा भएको भए विगतदेखि नै यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय पनि समावेश भैसकेका हुने थिए । मेरा पुस्तकमा पनि यो विषय उठान हुने थियो होला ।”

समयसँगै विस्तारै समलिंगी तेस्रोलिंगीका विषयले पनि प्रवेश नेपाली साहित्यमा प्रवेश पाउने उनको विश्वास छ । अहिलेसम्म समावेश भएका र गरेकाहरुले पनि राम्रैसँग यौनिक तथा लैंगिक अल्पसंख्यकलाई प्रस्तुत गर्नु सकारात्मक भएको भन्दै अधिकारी भन्छन्, “जतिले नकारात्मक रुपमा चित्रण गर्नु भएको छ त्यो उहाँहरुले जसरी बुझ्नु भयो त्यस्तै गर्नुभयो । तर जानेर हो भन्ने मलाई लाग्दैन । तर धेरै त सकारात्मक रुपमा नै लेखिएको पाएको छु ।”

अधिकारीको कविता संग्रह “गोधुली घर” आज शुक्रबार विमाचन हुँदैछ । उक्त कविता संग्रह अधिकारीले १० वर्ष लगाएर तयार गरेको बताएका छन् । “गोधुली घर” मा ५४ वटा कविता संग्रहीत छन् ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading