यो त तिम्रै धड्कन हो, अंगालोमा बाँधी राख…

यो त तिम्रै धड्कन हो, अंगालोमा बाँधी राख…

बबी तामाङ/पहिचान –

 

 

 

 

 

 

परेलीमा लुकाइ राख न
अंगालोमा बाँधी राख ।
परेलीमा लुकाई राख न
अंगालोमा बाँधी राख ।

जान न देउ रोक न रोक
उड्न न देउ आकाशको चरी जस्तै मलाई
बाँधेर राख तिम्रै मुटुमा ।।

यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै साहरा हो ।

मन भित्र साँची राख न
आँखाभित्र अल्झाई राख
मन भित्र साँची राख न ।

आँखा भित्र अल्झाई राख
रम्न देउ न तिम्रै आँखामा
बास बस्न देउ, तिम्रो हृदयको ढुकढुकीमा ।

बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा ।

यो त तिम्रो सहारा हो
बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो ।

साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै सहारा हो
परेलीमा लुकाई राख न ।

अंगालोमा बाँधी राख
परेलीमा लुकाई राख न
अंगालोमा बाँधी राख ….

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading