धनि बाउकी एक्लि छोरी खोले सिस्नो खान्नौ होला…

धनि बाउकी एक्लि छोरी खोले सिस्नो खान्नौ होला…

सुदीप गौतम/पहिचान –

पैदल हिड्ने बानी गर कार किन्न सक्दिन म,
माला पोते लाउन सिक हार किन्न सक्दिन म ।।

धनि बाउकी एक्लि छोरी खोले सिस्नो खान्नौ होला,
म:म चाउमिन चट्नी अचार किन्न सक्दिन म ।।

माया,प्रेम पिरतीको गर्ने छैन कमी कहिल्यै,
झुपडीमा बस्नु पर्छ दरबार किन्न सक्दिन म ।।

रिठोले हो नुहाउने तोरी कै तेल लाउनु पर्छ,
तिम्रो लागी स्याम्पु साबुन बजार किन्न सक्दिन म ।।

अब भन जान्छौ जान्नौ ‘दिप’ को हात समाएर,
यस्मै खुशी हुनु पर्छ अर्को सँसार किन्न सक्दिन म ।

(सुदीप गौतम यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा क्रियाशिल छन् ।)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading