सडकका कुकुरपनि, फर्किफर्कि भुक्ने भेटे…

सडकका कुकुरपनि, फर्किफर्कि भुक्ने भेटे…

सुदीप गौतम/पहिचान –
जीन्दगीमा हारेपछी, दुश्मनहरु ढुक्ने भेटे !
बेसाहारा भएपछी, आफ्ना सबै लुक्ने भेटे !

मायाप्रेम र तनमनका जती भाषण गरेपनी
धन अनी सम्पतीमै, मान्छेहरु झुक्ने भेटे !

मान्छेका त कुरै छाडौ निरीह र लाचार हुदा
सडकका कुकुरपनी, फर्किफर्कि भुक्ने भेटे !

तिम्रो लागी मर्छु भन्ने कती आए कती गए
पिडाहरुमा एक्लो हुदा, बचनबाट चुक्ने भेटे !!

मेरो साथमा केही हुदा मेरासबै आफना थिए
भाग्यले नी ठग्दाखेरी,उल्टो मलाई थुक्ने भेटे

( सुदीप गौतम यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका क्षेत्रमा कार्यरत छन् )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading