भो अब अरुको मनमा, फेरी सार्न नलाउ मलाई …

भो अब अरुको मनमा, फेरी सार्न नलाउ मलाई …

820
SHARES

सुदीप गौतम/पहिचान –
थाकीसके आँखा मेरा अब
आसुँ झार्न नलाउ मलाई

धेरै बाजी हारेको छु जीवनमा,
फेरी हार्न नलाउ मलाई।

रोपेको छु मायाको बिउ,
तिम्रै मनमा सँधै मैले
भो अब अरुको मनमा,
फेरी सार्न नलाउ मलाई ।

राख्छु सदा तिमीलाई
मेरै ह्रृदयको गहिराइमा
मेरो आँखालाई छाडेर,
आँशुमा तार्न नलाउ मलाई।

खुल्ला छ मनको बगैंचा,
तिम्रो लागी सधैं सधैं
राख्दिन यो मनमा भनेर
बार बार्न नलाउ मलाई
(सुदीप गौतम यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा कार्यरत छन्)

समाचार शेयर गर्नुहोस्
820
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.