काँडा माथी टेक्छु कतै…

काँडा माथी टेक्छु कतै…

755
SHARES

रुविना सरगम/पहिचान –

पीडा बाट मूल
फुटि…बग्ने आँसु देख्छु कतै
आँसु भित्रै

डुबी डुबी…उही कथा लेख्छु कतै
जलाउदा आशाको दिप नि
खोज्छ घरीघरी निराशाको आँधी बाट,
जो छेक्छु कतै

सुस्केरा मै साथ
खोजी…बहकिदा गोरेटोमा
बास बस्ने, सहयात्री भेट्छु कतै

आत्मा पोली जलन हुँदा, छट्पटिन्छु
बेचैनिमा, निर्मल झरना नियालेर,
मनको प्यास मेट्छु कतै

यात्रा रैछ…यो जिन्दगी…बाटो लाग्छु
अनि भिन्न धरातलमा,
काँडा माथी टेक्छु कतै

(रुविना यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकार र स्वास्थ्यको क्षेत्रमा कार्यरत छिन)

समाचार शेयर गर्नुहोस्
755
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.