तेस्रोलिंगी सम्बन्धि नायिका कमलीका अनौठा अनुभव

तेस्रोलिंगी सम्बन्धि नायिका कमलीका अनौठा अनुभव

काठमाडौं (पहिचान) फागुन १ – “म चाइनामा बस्दा त एक जना पुरुषले मलाई अनौठो प्रस्ताव राखे,” नायिका कमली वाइवा स्मरण गर्छिन्, “ती पुरुषले मलाई भने, मेरी श्रीमती तिमीलाई मन पराउँछिन् । यदी तिमी मेरी श्रीमतीसँग विवाह गर्छौ भने म उसलाई डिभोर्स दिन तयार छु ।”

हङकङ र चाइना लामो समय बसेकी वाइवासँग यस्ता अन्य साथी पनि थिए जो, समलिंगी तेस्रोलिंगीसँग जोडिएर आए । वाइवा नेपालबाट भर्खर हङकङ पुगेकी थिइन्, उनले ग्रिनकार्ड होल्डरसँग लगनगाँठो कसेर अमेरिका पुगेकी आफ्नै बाल संगिनी हराएको खबर थाहा पाइन् । उनले अमेरिकामा आफ्ना साथीहरुलाई खोज्न लगाइन् ।

लामो समय पछि उनी फेला त परिन् तर विछिप्त अवस्थामा । कारण उनको पनि अनौठो ब्यबहार । पहिलो रात देखि नै श्रीमती सुत्ने कोठामा राती कहिले पनि प्रवेश नगर्ने र रातको समयमा सँधै घरबाहिर निस्किने श्रीमान् त तेस्रोलिंगी पो रहेछन् । “अहिले उनीहरु डिबोर्स गरेर छुट्टाछुट्टै छन्,” वाइवाले भनिन् ।

नायिका वाइवाले थुप्रै समलिंगी तेस्रोलिंगी आफ्नो साथी भएको बताएकी छन् । नेपालमा भन्दा पनि विदेशमा रहेका बेला आफूले समलिंगी तेस्रोलिंगीलाई भेटेको उनी सुनाउँछिन् ।

आफूले हङकङमा काम गर्ने कम्पनीको मालिक समलिंगी पुरुष भएको सुनाउँदै उनी भन्छिन्, “विदेशमा यौनिक तथा लैंगिक अल्पसंख्यक धेरैले आफ्नो पहिचान बताउँछन् ।”

विदेशमा समलिंगी तेस्रोलिंगीलाई केही सहज भए पनि नेपालमा भने अप्ठ्यारो परिस्थिती भएको उनी सुनाउँछिन् । अधिकारका हिसावले सबै नागरिक समान रहेको भन्दै उनले कसैलाई विभेद गर्न नहुनेमा जोड दिइन । क्षमताको हिसावले विपरितलिंगी भन्दा समलिंगी तेस्रोलिंगी कम नरहेको उनी सुनाउँछिन् ।

वैवाहिक अधिकार समलिंगी तेस्रोलिंगीको मागलाई राज्यले सम्बोधन गर्नुपर्ने उनको धारणा छ । कसैले आफू जिन्दगी विताउने सपना देख्छ भने उसको त्यो मानव अधिकार हो । चाहे माहिला महिला हुन् या पुरुष पुरुष विवाह गर्न चाहन्छन् भने उनीहरु त्यसमा स्वतन्त्र हुनुपर्ने वाइवा बताउँछिन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading