कान्छि फिल्मकी छाँया भन्छिन्, ‘हामी हैन जनता छक्याउँदै हिड्ने नेताहरु छक्का हुन्’

कान्छि फिल्मकी छाँया भन्छिन्, ‘हामी हैन जनता छक्याउँदै हिड्ने नेताहरु छक्का हुन्’

काठमाडौं (पहिचान) फागुन ९ – कान्छि फिल्ममा छाँयाको भूमिका निर्वाह गरेकी कलाकार भूमिका श्रेष्ठले तेस्रोलिंगीलाई समाजमा छक्का भन्ने गरिएपनि जनता छक्याउँदै हिडने नेताहरु वास्तविकतामा छक्का भएको बताएकी छन् । पहिचानसँगको कुराकानीमा कलाकार भूमिकाले तेस्रोलिंगीलाई कान्छि फिल्मले न्याए गरेको बताइन् ।

‘पुरुष भएर सारी चोलो लगायो भनेर तेस्रोलिंगीलाई समाजमा छक्का भनिन्छ, तर, हामीले त्यो छक्याएको नभएर वास्तविकता बाहिर ल्याएको हो,’ भूमिकाले भनिन्, ‘हामी नभएर जनता छक्याउने नेताहरु वास्तविकतामा छक्का हुन् ।’ उनले नेताहरुले ‘यो पनि गरिदिन्छु त्यो पनि गरिदिन्छु’ भन्ने तर वास्तविकतामा त्यस्तो नगर्ने गरेको बताइन् । ‘जसले जनतालाई छक्याउँदै हिड्छ वास्तवमा उही छक्का हो,’ भूमिकाले भनिन् ।

कान्छि फिल्ममा छाँया नाम भएर तेस्रोलिंगीकै भूमिकामा रहेकी भूमिकाले कान्छि फिल्मले एउटा फिल्मका रुपमा ‘कम्प्लिट प्याकेज’ दिएर तेस्रोलिंगीहरुलाई पनि न्याए गरेको बताइन् । ‘जव एउटी तेस्रोलिंगी छाँयाको हातमा बच्चा आइपुग्व्छ र बच्चा हुर्काउने दायित्व उसमा नै रहन्छ, त्यसपछि आम दर्शकहरुलाई भावुक बनाउँछ,’ भूमिकाले भनिन्, ‘एउटा कमर्सियल फिल्मले त्यो प्रकारको प्रस्तुती दिनु नेपालको फिल्म क्षेत्रकै लागि एउटा टर्निङ प्वाइन्ट होे ।’ उनले कान्छि फिल्मले नेपालमा कस्ता कस्ता फिल्म चल्छन् भन्ने पुरानो ट्रेन्डलाई पनि बदलिदिने विश्वास व्यक्त गरिन्् । ‘कान्छि फिल्मको सफलता भनेकै नेपाली समाजले यौनिक तथा लैंगिक अल्पसंंख्यकलाई स्वीकार गरेको उदाहरण पनि हो,’ भूमिकाले भनिन् । भूमिका तेस्रोलिंगी अधिकारकर्मी समेत हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.