निहारिकाले समलिंगी तेस्रोलिंगीका विषयमा साहित्य सिर्जना गर्ने

निहारिकाले समलिंगी तेस्रोलिंगीका विषयमा साहित्य सिर्जना गर्ने

काठमाडौं फागुन १९  – साहित्यकार निलम कार्की निहारिकाले यौनिक तथा लैंगिक अल्पसंख्यकको विषयमा कलम चलाउने बताएकी छन् । समलिंगी तेस्रोलिंगीका विषयमा साहित्य सिर्जना गर्नेबारे आफूले सोचिरहेको उनले बताइन् ।

“मैले अब लेख्ने विषयको सूचीमा यो विषय पनि राखिसकेकी छु,” उनले भनिन्, “कहिलेसम्म लेख्छु मलाई पनि थाहा छैन, किन भने यो विषयमा पनि निकै लामो रिसर्च गर्नुपर्छ । त्यसैले समय भने लाग्छ ।”

आफ्नो छोराले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा उपन्यास लेख्न लागेको निहारिकाले जानकारी दिइन् । “मैले मेरो छोरालाई यसबारेमा लेख भनेको छु । उसले सुरु पनि गरेको छ । रिसर्चका लागि प्रश्न बनाएर उसले पठाइसकेको छ,” उनले भनिन्, “हामी आफैंले पनि यो समुदायको व्यक्ति चिनेको हुनाले उसलाई थप अनुसन्धान गर्न सजिलो हुनेछ ।”

समाजले समलिंगी तेस्रोलिंगीबारे थाहा नपाएका कारण पनि यो समुदायका बारेमा त्यती धेरै साहित्य सिर्जना नभएको उनको धारणा छ । पछिल्ला वर्षहरुमा समलिंगी तेस्रोलिंगीबारे विस्तारै जानकारी हुन थालेकाले साहित्यमा पनि उनीहरुका विषयले प्रवेश पाउने उनको भनाइ छ । सबै नागरिक समान भएकाले समलिंगी तेस्रोलिंगीलाई साहित्यका अधिकांश विधामा नकारात्मक रुपमा चित्रण गर्ने गरिएको भन्दै निहारिकाले यर्थात कुरा प्रस्तुत हुनेपर्ने बताइन् ।

उनले समाजमा समलिंगी तेस्रोलिंगीहरु अझै पनि खुलेर आउने वातावरण नरहेको भन्दै राज्यका नजरमा सबै नागरिक समान हुने र समान ब्यबहार हुनु पर्नेमा जोड दिइन् ।

निहारिकाले आफ्नो पछिल्लो पुस्तक योगमाया अघिल्लो हप्ता सार्वजनिक गरेकी थिइन् । दुई वर्ष अगाडि उनले चिरहरण सार्वजनिक गरेकी थिइन् । निहारिका एक दशकदेखि अमेरिकामा बसेर नेपाली साहित्य सिर्जनामा क्रियाशील छिन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading