“तेस्रोलिंगी” चलचित्रको विषय होः निर्देशक श्रेष्ठ

“तेस्रोलिंगी” चलचित्रको विषय होः निर्देशक श्रेष्ठ

काठमाडौं (पहिचान) फागुन २४ – चलचित्र निर्देशक अमित श्रेष्ठले सबै मान्छे अधिकारका हिसावले समान रहेको बताएका छन् । “सबै ह्युमेन विङ हो । जन्मकै आधारमा कोही ठूलो र कोही सानो हुँदैन अनि कसैले अधिकार पाउने र कसैले नपाउने हुँदैन,” निर्देशक श्रेष्ठले भने ।

समाजको सबै पक्षले बुझिनसकेका कारण समलिंगी तेस्रोलिंगीलाई अझै पनि विभेद भैरहेको उनको भनाइ छ । चलचित्रले समलिंगी र तेस्रोलिंगीका विषयलाई समेट्न सक्ने श्रेष्ठ बताउँछन् । “जेन्डर फरक भएकै आधारमा चलचित्रले तेस्रोलिंगीलाई विभेद गर्नु हुँदैन,” निर्देशक श्रेष्ठ भन्छन्, “पहिलाका चलचित्रमा के थियो त्यो इतिहास भैसक्यो । समाजको बुझाइ अनुसार चलचित्रमा विषयबस्तुको उठान हुन्छ । अहिले त्यो अवस्था निकै कम भएको छ जस्तो लाग्छ । भर्खरै प्रर्दशनमा आएको कान्छी र केही महिना अगाडि प्रदर्शनमा आएको चलचित्र आधा लभ र सकुन्तलामा समलिंगी र तेस्रोलिंगीलाई सकारात्मक रुपमा प्रस्तुत गरिएको छ ।”

चलचित्रका लेखक, निर्देशक पनि समाजकै नागरिक भएको भन्दै श्रेष्ठले उनीहरुमा पनि समलिंगी तेस्रोलिंगीका विषयमा कम जानकारी भएकाले पनि नकारात्मक रुपमा चित्रण गरिएको हुनसक्ने बताए ।

आफूले आफ्नो चलचित्रमा अहिलेसम्म कसैलाई पनि असर पुग्नेगरी चरित्रचित्रण नगरेको भन्दै श्रेष्ठले आगामी दिनमा पनि त्यस्तो कार्य कहिल्यै नगर्ने बताए । समलिंगी तथा तेस्रोलिंगीका विषयमा चलचित्र बनाउन निकै मेहनत गर्नु पर्ने जरुरी रहेको भन्दै उनले यदी यो सम्भव भए यस विषयमा पनि चलचित्र बनाउन सकिने स्पष्ट पारे ।

श्रेष्ठले निर्देशन गरेको चलचित्र नाका अहिले अल नेपाल रिलिज भैरहेको छ । विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्रले सीमामा हुने मानव तस्करी तथा गैर कानुनी ओसारपसारको विषयलाई उठान गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading